इलेक्ट्रिक स्कुटरका साथ बजारमा पुनरागमन गर्दै काइनेटिक

काइनेटिकले फेरि भारतीय बजारमा पुनरागमन गर्ने भएको छ । तर, यसपटक कम्पनीले इलेक्ट्रिक स्कुटरसँगै डेब्यु गर्न लागेको छ । रिपोर्टका अनुसार काइनेटिकले इलेक्ट्रिक स्कुटर भारतमा लन्च गर्ने तयारी गरेको छ ।

काइनेटिकले इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन उत्पादनका लागि नयाँ कम्पनी गठन गरेको छ । नयाँ कम्पनी काइनेटिकको सहायक कम्पनी हुनेछ र कम्पनीमा ५१ प्रतिशतको शेयर हुनेछ ।

यसको लागि कम्पनीले चिनियाँ कम्पनी आइमा टेक्नोलोजी ग्रुपसँग भारतमा पुनरागमनका लागि साझेदारी गरेको छ । उक्त साझेदारीमा काइनेटिकले भारतमा इलेक्ट्रिक स्कुटर ल्याउने योजना रहेको छ । काइनेटिकले यी इलेक्ट्रिक स्कुटर भारतमा मात्रै निर्माण गर्नेछ ।

चिनियाँ सहायक कम्पनी आइमाले विश्वभर दुई, तीन र चार पाङ्ग्रे सवारी साधन गरी करिब १ हजार भन्दा बढी इलेक्ट्रिक मोडल बिक्री गर्दै आइरहेको छ ।

काइनेटिकका यी इलेक्ट्रिक स्कुटर ५० हजार देखि १ लाख भारु सम्मको मूल्यमा उपलब्ध हुनेछ । कम्पनीले यात्रुका साथै प्रिमियम र डेलिभरी क्षेत्रमा ई–स्कुटर ल्याउने योजना बनाएको छ । कम्पनीले चीनबाट आयात गरिएका मोडललाई रिब्राण्ड गरी भारतमा बिक्री नगर्ने तर ब्राण्डका सबै मोडल पूर्णरुपमा भारतमै बनाइने बताएको छ ।

काइनेटिकले आफ्ना सबै ई–स्कुटर मोडलहरू फेम–२ सब्सिडी अन्तर्गत योग्य हुने बताएको छ । कम्पनीले हरेक वर्ष ५ लाख इलेक्ट्रिक स्कुटर उत्पादन गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरू

टाटा कर्भ र अन्य सहित टाटाका ईभी अब वीरगन्जमा

टाटा कर्भ र अन्य सहित टाटाका ईभी अब वीरगन्जमा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ...

नेपाली बजारमा भित्रियो अर्को सब–कम्प्याक्ट एसयूभी दायुन युइहु

नेपाली बजारमा भित्रियो अर्को सब–कम्प्याक्ट एसयूभी दायुन युइहु

काठमाडौं – नाडा अटो शो २०८१ मा विभिन्न ८ ब्रान्ड प्रदर्शन गरेको सीजी...

आकर्षक सुविधा सहित ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेन हुने, २ लाख सम्म एक्सचेन्ज बोनस पाइने

आकर्षक सुविधा सहित ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेन हुने, २ लाख सम्म एक्सचेन्ज बोनस पाइने

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘अपग्रेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...