इलेक्ट्रिक स्कुटरका साथ बजारमा पुनरागमन गर्दै काइनेटिक

काइनेटिकले फेरि भारतीय बजारमा पुनरागमन गर्ने भएको छ । तर, यसपटक कम्पनीले इलेक्ट्रिक स्कुटरसँगै डेब्यु गर्न लागेको छ । रिपोर्टका अनुसार काइनेटिकले इलेक्ट्रिक स्कुटर भारतमा लन्च गर्ने तयारी गरेको छ ।

काइनेटिकले इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन उत्पादनका लागि नयाँ कम्पनी गठन गरेको छ । नयाँ कम्पनी काइनेटिकको सहायक कम्पनी हुनेछ र कम्पनीमा ५१ प्रतिशतको शेयर हुनेछ ।

यसको लागि कम्पनीले चिनियाँ कम्पनी आइमा टेक्नोलोजी ग्रुपसँग भारतमा पुनरागमनका लागि साझेदारी गरेको छ । उक्त साझेदारीमा काइनेटिकले भारतमा इलेक्ट्रिक स्कुटर ल्याउने योजना रहेको छ । काइनेटिकले यी इलेक्ट्रिक स्कुटर भारतमा मात्रै निर्माण गर्नेछ ।

चिनियाँ सहायक कम्पनी आइमाले विश्वभर दुई, तीन र चार पाङ्ग्रे सवारी साधन गरी करिब १ हजार भन्दा बढी इलेक्ट्रिक मोडल बिक्री गर्दै आइरहेको छ ।

काइनेटिकका यी इलेक्ट्रिक स्कुटर ५० हजार देखि १ लाख भारु सम्मको मूल्यमा उपलब्ध हुनेछ । कम्पनीले यात्रुका साथै प्रिमियम र डेलिभरी क्षेत्रमा ई–स्कुटर ल्याउने योजना बनाएको छ । कम्पनीले चीनबाट आयात गरिएका मोडललाई रिब्राण्ड गरी भारतमा बिक्री नगर्ने तर ब्राण्डका सबै मोडल पूर्णरुपमा भारतमै बनाइने बताएको छ ।

काइनेटिकले आफ्ना सबै ई–स्कुटर मोडलहरू फेम–२ सब्सिडी अन्तर्गत योग्य हुने बताएको छ । कम्पनीले हरेक वर्ष ५ लाख इलेक्ट्रिक स्कुटर उत्पादन गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरू

भरतपुरमा हुन्डाईको ‘क्रेटा ईभी’ सार्वजनिक

भरतपुरमा हुन्डाईको ‘क्रेटा ईभी’ सार्वजनिक

चितवन – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

नयाँ शोरुमका साथ नेपालगञ्जमा सार्वजनिक भयो ओमोडा ई–फाइभ

नयाँ शोरुमका साथ नेपालगञ्जमा सार्वजनिक भयो ओमोडा ई–फाइभ

काठमाडौं – नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

चार महिनामा ३ हजार २०३ युनिट ईभी भित्रिए, बाइक तथा स्कुटरको आयात २५ प्रतिशतले वृद्धि

चार महिनामा ३ हजार २०३ युनिट ईभी भित्रिए, बाइक तथा स्कुटरको आयात २५ प्रतिशतले वृद्धि

काठमाडौं–चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ३ हजार २०३ युनिट विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...