काइगर २०२३ मोडलको वुकिङ खुल्यो, नयाँ इन्जिन र सेफ्टि फिचर थप भएर आउँदै

रेनोको लोकप्रिय एसयूभी काइगर २०२३ मोडल नेपाल आउने भएको छ । नेपालका लागि आधिकारिक वितरक एड्भन्स अटोमोवाइलले यो नयाँ मोडललाई छिट्टै नेपाल ल्याउने वताउँदै वुकिङ खुल्ला गरेको हो । भारतमा विएस६ को फेज टु लागु हुनु अगावै रेनोले यो एसयूभीलाई नयाँ इन्जिनका साथ अपडेट गर्दै आजदेखी वुकिङ खुल्ला गरेको भएपनि मुल्य भने सार्वजनिक गरिसकेको छैन ।

भारत र नेपालमा एकसाथ वुकिङ खुल्ला भएको यो एसयूभीको इन्जिनलाई आरडिई(रियल ड्राइभिङ इमिसन) साथ अपडेट गरिएको छ । साथै यसको सेफ्टि फिचरमा समेत केही परिमार्जन गरी नयाँ फिचर थप गरिएको छ । ग्राहकले अव २०२३ मोडलको काइगरमा इलक्ट्रोनिक स्ट्याविलिटी प्रोग्राम(इएसपी), हिल स्टार्ट एसिस्ट, ट्रयाक्सन कन्ट्रोल सिस्टम र टायर प्रेसर मोनिटरिङ सिस्टम पाउनेछन् ।

काइगर १.० लिटर नेचुरल्लि एस्पिरेटेड र टर्वो पेट्रोल इन्जिन गरी कुल दुई अप्सनमा उपलब्ध रहँदै आएको छ । यसको नचुरल्लि एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर दिन्छ भने टर्वो पेट्रोलले १०० एचपी पावर दिने दावी गरिएको छ । यो एसयूभी ५ स्पिड म्यानुअल र सिभिटी ट्रान्समिसनमा उपलब्ध छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...