परिक्षणका क्रममा देखियो कियाको नयाँ सोरेन्टो, चाँडै लन्च हुने अपेक्षा

कियाले आगामी दिनमा ४.३ मिटरभन्दा ठुलो एसयूभी ल्याउने तयारी गरेको छ। हालै परीक्षणको क्रममा देखिएको क्यामोफ्लाज मोडलले कियाको पहिलो पूर्ण आकारको हाइब्रिड एसयूभी किया सोरेन्टो भारतीय बजारमा चाँडै आउने संकेत दिएको छ ।

नयाँ सोरेन्टो ठुलो तीन पङ्क्तिको सात सिटर एसयूभी हो, जसले कियाको पहिलो हाइब्रिड मोडलको रूपमा प्रवेश गर्ने अपेक्षा छ । सोरेन्टो लन्च भएमा टोयोटा फर्च्युनर, स्कोडा कोडियाक, फक्सवागन टिगुआन र एमजी ग्लोस्टर जस्ता चर्चित ठुला एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ । यसको सुरुवाती मूल्य ३५ लाख भारुभन्दा माथि हुने अनुमान गरिएको छ ।

किया सोरेन्टोको डिजाइन क्यामोफ्लाजका कारण स्पष्ट रूपमा देखिएको छैन, तर यसको डिजाइन बक्सी स्टाइलमा रहनेछ । यसको ह्विलबेस २,८०० एमएमको छ भने यसमा कियाको सिग्नेचर टाइगर नोज ग्रिल, टी आकारका एलईडी डीआरएल, कनेक्टेड टेल ल्याम्प, ठाडो आकारको बोनेट, क्वाड ह्विल आर्च र फ्ल्याट टेलगेटसहित १९ इन्चका अलोय ह्विल हुने अनुमान छ ।

सोरेन्टोमा प्यानोरामिक कर्भ डिस्प्ले, नयाँ पुस्ताको इन्फोटेनमेन्ट सिस्टम, डिजिटल ड्राइभर डिस्प्ले, ड्युअल जोन अटोम्याटिक क्लाइमेट कन्ट्रोल, मल्टी अडजस्टेबल ड्राइभर सिट, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, चार्जिङ प्याड, १२ स्पिकर बोस अडियो सिस्टम, ३६० डिग्री क्यामेरा, एयरब्यागहरू र लेभल–२ एडास जस्ता फिचर हुने अपेक्षा गरिएको छ।

कियाले आधिकारिक रूपमा यसको इन्जिन विकल्प खुलाएको छैन, तर यसमा १.६ लिटर टर्बो पेट्रोल हाइब्रिड, १.६ लिटर प्लगइन हाइब्रिड, २.५ लिटर पेट्रोल तथा २.५ लिटर टर्बो पेट्रोलका विकल्प रहने अनुमान छ । साथै यसमा अल ह्विल ड्राइभ विकल्प पनि उपलब्ध हुने अनुमान छ ।

सम्बन्धित समाचारहरू

अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी

अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी

दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम...

कियाले डिसेम्बर १६ मा गर्दैछ सेल्टोसमा आधारित किया केवाईको ग्लोबल प्रिमियर

कियाले डिसेम्बर १६ मा गर्दैछ सेल्टोसमा आधारित किया केवाईको ग्लोबल प्रिमियर

कियाले अब बजारमा ल्याउने तयारी गरेको थ्री रो भेइकलको इन्टरनल कोडनेम...

कियाले नयाँ इलेक्ट्रिक कार ईभी३ सार्वजनिक गर्ने

कियाले नयाँ इलेक्ट्रिक कार ईभी३ सार्वजनिक गर्ने

दक्षिण कोरियाली कम्पनी कियाले मे २३ मा आफ्नो नयाँ इलेक्ट्रिक कार ईभी३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...