नेपालमा कियाको सस्तो ईभी भित्रिँदै, ३५ लाख ९० हजारमै बुकिङ सुरु

काठमाडौं–नेपाली बजारमा कियाको बहुप्रतीक्षित सब–फोर मिटर एसयूभी सिरोस ईभी औपचारिक रूपमा भित्रिने भएको छ । कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले जारी नाइमा मोबिलिटी एक्स्पोमा यसको आधिकारिक बुकिङ खुला गरेको हो ।

नेपालमा कियाले भित्र्याएका विद्युतीय गाडीहरूमध्ये सिरोस ईभी सबैभन्दा सस्तो मोडल हुनेछ । कम्पनीले यसअघि महंगा मोडल ईभी६ र ईभी९ आयात गरी बिक्री गर्दै आएको थियो । कम्पनीले सिरोस ईभीको आधिकारिक बजार मूल्य ३७ लाख ९० हजार रुपैयाँ तोकेको भए पनि प्रारम्भिक नाइमा अफरअन्तर्गत पहिलो १०० जना ग्राहकलाई २ लाख रुपैयाँ विशेष छुट दिँदै ३५ लाख ९० हजार रुपैयाँमै उपलब्ध गराउने भएको छ ।

नेपाली बजारमा सुरुमा ४२ किलोवाट आवर ब्याट्री क्षमतामा आउने यो ईभीले एक पटकको पूर्ण चार्जमा ४४३ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । १७१ पीएस पावर उत्पादन गर्ने क्षमता रहेको यस गाडीले १०० किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्दछ, जसले ३९ मिनेटमै १० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सक्छ ।

आकर्षक र आधुनिक डिजाइन, १९७ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, ३० इन्चको ट्रिपल प्यानो डिस्प्ले, ६ वटा एयरब्याग तथा लेभल–२ एडास जस्ता प्रिमियम र उच्च सुरक्षा फिचर्सका कारण सिरोस ईभी बजेट ईभी पारखीहरूका लागि एक उत्तम विकल्प बन्ने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...