किफायती रेन्ज र फिचरसहित कियाले ल्याउँदै साइरोस ईभी, मूल्य १५ देखि २० लाख

किया इन्डियाले आगामी अगस्ट २०२६ मा आफ्नो सबैभन्दा सानो र किफायती इलेक्ट्रिक एसयूभी साइरोस ईभी लन्च गर्ने तयारी गरेको छ। सो कार भारतमा कम्पनीको सबैभन्दा सस्तो ईभी बन्ने अपेक्षा गरिएको छ, जसले टाटा नेक्सन ईभी र महिन्द्रा एक्सयूभी थ्रीएक्सओ ईभीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ।

साइरोस ईभी कियाको नयाँ केवान प्लेटफर्ममा आधारित छ र फ्रन्ट ह्विल ड्राइभ सिस्टमले चल्नेछ। सुरुमा सो एसयूभी २०२६ को सुरुवातमा लन्च हुने योजना थियो, तर उत्पादन ढिलाइले ६ महिना पछि सारिएको थियो । यसको अनुमानित मूल्य १५ लाखदेखि २० लाख भारुको बीचमा रहने अपेक्षा गरिएको छ ।

साइरोस ईभीमा ४२ किलोवाट आवर र ४९ किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प हुने अनुमान गरिएको छ। यसमा करिब १३५ पीएस पावर उत्पादन गर्ने मोटर प्रयोग गरिने सम्भावना छ। सो एसयूभीले फुल चार्जमा ३०० देखि ४०० किलोमिटरसम्मको एआरएआई प्रमाणित रेन्ज उपलब्ध गराउने लक्ष्य राखेको बताइएको छ।

डिजाइन र इन्टेरियरको कुरा गर्दा, साइरोस ईभीले आईसीई मोडेलजस्तै बक्सी र टल ब्वाय स्टाइल कायम राख्नेछ। यसमा भर्टिकल हेडल्याम्प र टेलल्याम्प दिइएको छ । यसको ईभी स्पेसिफिक बम्पर, अलोय ह्विल र केही परिवर्तनले यो आईसीई संस्करणसँग मिल्दोजुल्दो देखिन्छ ।

यसको इन्टेरियरमा भने फराकिलो क्याबिन यसको मुख्य विशेषता हुनेछ। यसमा नयाँ ट्रिम र आकर्षक अपहोल्स्ट्री प्रयोग गरिने सम्भावना छ। यसमा भेन्टिलेटेड सिट, प्यानोरामिक सनरुफ, ड्युअल १२.३ इन्च स्क्रिन, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा तथा किया कनेक्ट २.० जस्ता फिचर उपलब्ध हुने अपेक्षा गरिएको छ।सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल असिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम लगायत २० भन्दा बढी सेफ्टी सुविधाहरू समावेश गरिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

भोलीदेखी किया र टोयोटाका गाडी महंगो हुने, नेपाली बजारमा समेत प्रभाब पर्ने

भोलीदेखी किया र टोयोटाका गाडी महंगो हुने, नेपाली बजारमा समेत प्रभाब पर्ने

भारतका दुई ठूला अटो उत्पादक किया र टोयोटाले अप्रिल १ देखी गाडीको मूल्य...

पाँचौ पुस्ताको किया स्पोर्टेज एसयूभी ग्लोबल डेब्यु : यस्तो छ विशेषता

पाँचौ पुस्ताको किया स्पोर्टेज एसयूभी ग्लोबल डेब्यु : यस्तो छ विशेषता

दक्षिण कोरियाली अटोमोबाइल कम्पनी कियाले किया स्पोर्टेजको पाँचौ जेनेरेसन...

किया नेपालद्वारा २०२६ मोडलको किया सोनेट सार्वजनिक, बुकिङ खुला (मूल्य सहित)

किया नेपालद्वारा २०२६ मोडलको किया सोनेट सार्वजनिक, बुकिङ खुला (मूल्य सहित)

काठमाडौं – नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...