कियाको लोकप्रिय कार सेल्टोस अब प्यानोरामिक सनरुफ सहित आउने

दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले सेल्टोसको फेसलिफ्ट भर्सनमा काम गरिरहेको छ । नयाँ किया सेल्टोस चाँडै नै विश्वव्यापी रूपमा लन्च हुने अपेक्षा गरिएको छ ।

किया सेल्टोस २०१९ मा भारतीय बजारमा लन्च गरिएको थियो । हाल यो नेपाली बजारमा पनि लोकप्रिय एसयूभीको रुपमा परिचित छ । भारतमा लन्च गरिएको लगभग ३ वर्ष पछि किया सेल्टोसमा केही अपडेट हुने भएको छ । अपडेट गरिएको किया सेल्टोस २०२२ को मध्यमा लन्च गर्ने सम्भावना छ ।

अपडेट सेल्टोसको सबैभन्दा ठुलो आकर्षण प्यानोरामिक सनरुफ हुनेछ । कोरियाली निर्माताले पुरानो मोडलमा सिंगल सनरुफको साथ प्रस्तुत गरेको थियो । रिपोर्टका अनुसार यो सेन्सर आधारित एडीएएसलाई टप भेरिएन्टमा पेश गर्नेछ ।

यद्यपि, नयाँ किया सेल्टोसको इन्जिनमा केही परिवर्तन गर्ने छैन । यसमा १.५ पेट्रोल नेचुरल एस्पिरेटेड इन्जिनले ११४ एचपीको पावर, १.४ पेट्रोल टर्बोचाज्ड इन्जिनले १४० एचपीको पावर र १.५ टर्बो डिजेल इन्जिनले ११५ एचपीको पावर जेनेरेट गर्छ । सो इन्जिन म्यानुअल र अटोमेटिक गियरबक्स विकल्पको रुपमा उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

सेल्टोस र सोनेटको सफलताबाट उत्साहित कियाले भारतमा थप ४ वटा नयाँ मोडल थप्ने

सेल्टोस र सोनेटको सफलताबाट उत्साहित कियाले भारतमा थप ४ वटा नयाँ मोडल थप्ने

भारतमा प्लान्ट स्थापना गरेर सवारीसाधन उत्पादन थालेको कोरियाली ब्रान्ड...

अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी

अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी

दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम...

हाईटेक फिचरसहित २०२५ किया कार्निभल भारतमा लन्च हुँदै

हाईटेक फिचरसहित २०२५ किया कार्निभल भारतमा लन्च हुँदै

किया कार्निभलको फेसलिफ्टेड संस्करण गत वर्ष विश्वव्यापी रूपमा प्रस्तुत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...