कियाको लोकप्रिय कार सेल्टोस अब प्यानोरामिक सनरुफ सहित आउने

दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले सेल्टोसको फेसलिफ्ट भर्सनमा काम गरिरहेको छ । नयाँ किया सेल्टोस चाँडै नै विश्वव्यापी रूपमा लन्च हुने अपेक्षा गरिएको छ ।

किया सेल्टोस २०१९ मा भारतीय बजारमा लन्च गरिएको थियो । हाल यो नेपाली बजारमा पनि लोकप्रिय एसयूभीको रुपमा परिचित छ । भारतमा लन्च गरिएको लगभग ३ वर्ष पछि किया सेल्टोसमा केही अपडेट हुने भएको छ । अपडेट गरिएको किया सेल्टोस २०२२ को मध्यमा लन्च गर्ने सम्भावना छ ।

अपडेट सेल्टोसको सबैभन्दा ठुलो आकर्षण प्यानोरामिक सनरुफ हुनेछ । कोरियाली निर्माताले पुरानो मोडलमा सिंगल सनरुफको साथ प्रस्तुत गरेको थियो । रिपोर्टका अनुसार यो सेन्सर आधारित एडीएएसलाई टप भेरिएन्टमा पेश गर्नेछ ।

यद्यपि, नयाँ किया सेल्टोसको इन्जिनमा केही परिवर्तन गर्ने छैन । यसमा १.५ पेट्रोल नेचुरल एस्पिरेटेड इन्जिनले ११४ एचपीको पावर, १.४ पेट्रोल टर्बोचाज्ड इन्जिनले १४० एचपीको पावर र १.५ टर्बो डिजेल इन्जिनले ११५ एचपीको पावर जेनेरेट गर्छ । सो इन्जिन म्यानुअल र अटोमेटिक गियरबक्स विकल्पको रुपमा उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

६ एयरब्याग, ६६ कनेक्टेड फिचर र ८ स्पिकर साउन्ड सिस्टम सहित यस्तो हुनेछ किया क्यारेन्स फिचर

६ एयरब्याग, ६६ कनेक्टेड फिचर र ८ स्पिकर साउन्ड सिस्टम सहित यस्तो हुनेछ किया क्यारेन्स फिचर

किया क्यारेन्स भारतमा लन्चिङ भन्दा पहिला नै यसको ट्रिम विवरण र टेक्निकल...

यस्तो छ अटो एक्सपो २०२५ मा सार्वजनिक भएको किया ईभी६ फेसलिफ्ट

यस्तो छ अटो एक्सपो २०२५ मा सार्वजनिक भएको किया ईभी६ फेसलिफ्ट

कियाले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा ईभी६ फेसलिफ्ट प्रदर्शन गरेको छ...

टोयोटा हाइलक्ससँग प्रतिस्पर्धा गर्ने पिकअप ल्याउदै किया

टोयोटा हाइलक्ससँग प्रतिस्पर्धा गर्ने पिकअप ल्याउदै किया

कियाले टोयोटा, इसुजु र फोर्डसँग प्रतिस्पर्धा गर्न पिकअप ट्रक ल्याउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...