कियाको चर्चित एसयुभी सेल्टोस, यस्तो छ नेपाली बजारमा उपलव्ध ७ भेरियन्टको मूल्य

नेपाली एसयुभी पारखीमाझ लोकप्रिय वनिरहेको किया सेल्टोस ७ भिन्न भेरियन्टमा उपलब्ध रहँदै आएको छ । कम्प्याक्ट एसयुभी सेग्मेन्टमा हुन्डाई क्रेटालाई कडा टक्कर दिन सफल यो एसयुभीको बिक्री पछिल्लो समय बढिरहेको छ । नेपाली सडकमा निकै राम्रो संख्या सहित दह्रिलो उपस्थिती जनाउन सफल यो एसयुभीको लुक्स, फिचर्स र पावर तथा पर्फमेन्सलाई ग्राहकले सर्बाधकि रुचाएका छन् ।

नेपालमा यो एसयुीभको सबैभन्दा सस्तो भेरियन्ट एचटिके जिएसएललाई ४९ लाख ५० हजार र महंगो जिटएक्स प्लस अटोमेटिक लाई ७८ लाख ९० हजार रुपैयाँ पर्छ । त्यसैगरी एचटिके प्लस जिएसएल भेरियन्टको ५४ लाख ९० हजार र एचटिके प्लस आइएमटीको ५६ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

अन्य भेरियन्टहरुमा एचटिएक्स एमटीको ६२ लाख ९० हजार, एचटिएक्स आइभिटीको ६६ लाख ९० हजार र एचिटिएक्स प्लस डिजेलको ६८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यी ७ भेरियन्ट मध्ये केही भेरियन्टलाई हात पार्न भने ग्राहकले लामो समयसम्म कुर्नुपर्ने आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ स्रोतले बताएको छ ।

उपत्यकामा ३ वटा सहित देशभर १२ वटा शोरुममार्फत विक्री हुँदै आइरहेको यो एसयुभीको आफ्टर सेल्स सर्भिसका लागि ११ स्थानमा सर्भिस सेन्टरको व्यवस्था मिलाइएको छ । यो एसयुभी १.५ लिटर पेट्रोल र डिजेल दुबै इन्जिन अप्सनमा उपलब्ध रहेको छ ।

सम्बन्धित समाचारहरू

किया नेपालले सार्वजनिक ग-यो किया क्यारेन्सको टिजर, यस्तो छ फिचर र अनुमानित मूल्य

किया नेपालले सार्वजनिक ग-यो किया क्यारेन्सको टिजर, यस्तो छ फिचर र अनुमानित मूल्य

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

तीन वर्षमा कियाले भारतमा उत्पादन गर्यो ६ लाख ३४ हजार कार, ५ लाख युनिट बिक्री

तीन वर्षमा कियाले भारतमा उत्पादन गर्यो ६ लाख ३४ हजार कार, ५ लाख युनिट बिक्री

कियाले भारतमा सवारी साधन उत्पादन थालेको ३ वर्ष पुरा भएकोे छ । यो अवधीमा...

इलेक्ट्रिक सनरुफसहितको किया सोनेट अटोमेटिक अब नेपालमा

इलेक्ट्रिक सनरुफसहितको किया सोनेट अटोमेटिक अब नेपालमा

काठमाडौं – नेपाली बजारमा किया सोनेटको अर्को भेरिएन्ट एचटीएक्स एटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...