कियाको चर्चित एसयुभी सेल्टोस, यस्तो छ नेपाली बजारमा उपलव्ध ७ भेरियन्टको मूल्य

नेपाली एसयुभी पारखीमाझ लोकप्रिय वनिरहेको किया सेल्टोस ७ भिन्न भेरियन्टमा उपलब्ध रहँदै आएको छ । कम्प्याक्ट एसयुभी सेग्मेन्टमा हुन्डाई क्रेटालाई कडा टक्कर दिन सफल यो एसयुभीको बिक्री पछिल्लो समय बढिरहेको छ । नेपाली सडकमा निकै राम्रो संख्या सहित दह्रिलो उपस्थिती जनाउन सफल यो एसयुभीको लुक्स, फिचर्स र पावर तथा पर्फमेन्सलाई ग्राहकले सर्बाधकि रुचाएका छन् ।

नेपालमा यो एसयुीभको सबैभन्दा सस्तो भेरियन्ट एचटिके जिएसएललाई ४९ लाख ५० हजार र महंगो जिटएक्स प्लस अटोमेटिक लाई ७८ लाख ९० हजार रुपैयाँ पर्छ । त्यसैगरी एचटिके प्लस जिएसएल भेरियन्टको ५४ लाख ९० हजार र एचटिके प्लस आइएमटीको ५६ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

अन्य भेरियन्टहरुमा एचटिएक्स एमटीको ६२ लाख ९० हजार, एचटिएक्स आइभिटीको ६६ लाख ९० हजार र एचिटिएक्स प्लस डिजेलको ६८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यी ७ भेरियन्ट मध्ये केही भेरियन्टलाई हात पार्न भने ग्राहकले लामो समयसम्म कुर्नुपर्ने आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ स्रोतले बताएको छ ।

उपत्यकामा ३ वटा सहित देशभर १२ वटा शोरुममार्फत विक्री हुँदै आइरहेको यो एसयुभीको आफ्टर सेल्स सर्भिसका लागि ११ स्थानमा सर्भिस सेन्टरको व्यवस्था मिलाइएको छ । यो एसयुभी १.५ लिटर पेट्रोल र डिजेल दुबै इन्जिन अप्सनमा उपलब्ध रहेको छ ।

सम्बन्धित समाचारहरू

कियाको बिक्रीमा १०.३ प्रतिशतले उछाल, फेब्रुअरीमा २७ हजारभन्दा बढी कार बिक्री

कियाको बिक्रीमा १०.३ प्रतिशतले उछाल, फेब्रुअरीमा २७ हजारभन्दा बढी कार बिक्री

किया इन्डियाले सन् २०२६ को फेब्रुअरी महिनामा उल्लेखनीय बिक्री वृद्धि...

किया ईभी–५ को एक्सपोर्ट मोडल उत्पादन सुरु, राइट ह्यान्ड ड्राइभमा पनि आउने

किया ईभी–५ को एक्सपोर्ट मोडल उत्पादन सुरु, राइट ह्यान्ड ड्राइभमा पनि आउने

कियाले आफ्नो इलेक्ट्रिक कम्प्याक्ट एसयुभी ईभी–५ को एक्सपोर्ट मोडललाई...

नयाँ किया सेल्टोस २०२६ मा अपडेटेड डिजाइन र उन्नत सुविधासहित लन्च हुने

नयाँ किया सेल्टोस २०२६ मा अपडेटेड डिजाइन र उन्नत सुविधासहित लन्च हुने

कियाले हाल दोस्रो पुस्ताको सेल्टोसमा काम गरिरहेको छ । रिपोर्टका अनुसार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...