प्यानोरमिक सनरुफको साथमा लन्च हुँदै नयाँ सेल्टोस

दक्षिण कोरियाको अटोमोबाइल कम्पनी कियाले कम्प्याक्ट मिड साइज एसयूभी सेगमेनन्मा बढ्दा प्रतिस्पर्धालाई ध्यानमा राखेर किया सेल्टोस कारमा केही अपडेट गर्ने योजना बनाइरहेको छ । कियाले पहिलो कार किया सेल्टोसको साथमा भारत प्रवेश गरेको थियो । नेपालमा पनि केही समय पछि यो कार उपलब्ध भइसकेको छ । किया सेल्टोस भारतमा जुलाई २०१९ मा लन्च गरिएको थियो । जून २०२० मा सो एसयूभी पहिलो पटक नयाँ अपडेट र नयाँ फिचरको साथमा पेश गरिएको थियो । भारतीय बजारमा कम्प्याक्ट मिड साइज एसयूभी सेगमेन्टमा बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राखेर सो कार केही अपडेट गर्ने योजना बनाइरहेको छ । कम्पनीले २७ अप्रिल २०२१ मा एउटा घोषणा गर्ने भएको छ । यद्यपि सो घोषणाको बारेमा केही जानकारी दिइएको छैन । रिपोर्टका अनुसार २०२१ सेल्टोस नयाँ अपडेटको साथमा नयाँ लोगो पेश गर्नेछ । कम्पनीले २०२१ किया सेल्टोसमा एक प्यानोरमिक सनरुफ समावेश गर्ने सम्भावना रहेको छ । नयाँ प्यानोरमिक सनरुफ कार स्ट्यान्डर्ड पावर युनिटलाई रिप्लेस गर्ने सम्भावना रहेको छ । यद्यपि सो फिचर हाई ट्रिममा समावेश गरिनेछ । हाल सेल्टोसको एचटीएक्स प्लस र जीटीके प्लस भेरिएन्टमा सनरुफ उपलब्ध रहेको छ । बजारमा सेल्टोस हुन्डाई क्रेटा, एमजी हेक्टर र टाटा हेरियरसँग प्रतिस्पर्धा रहेको छ । न्यू जेनेरेशन महिन्द्रा एक्सयूभी ५०० एसयूभीमा पनि प्यारोनमिक सनरुफ फिचर रहेको छ । साधारणतया स्ट्यान्डर्ड सनरुफ कम्प्याक्ट हुने गर्छ र फ्रन्ट सिटलाई माथि राख्ने गर्छ । साथै प्यारोनमिक सनरुफ कारको छतको लगभग पुरा लम्बाईसम्म हुन्छ । प्यारोनमिक सनरुफमा कारको फ्रन्ट र रियर दुबै सिट कभर हुन्छ । किया सेल्टोसमा प्यारोनमिक सनरुफ बाहेक अन्य केही परिवर्तन गरिने छैन । किया सेल्टोस बीएस६ पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध रहेको छ । १.५ लिटर पेट्रोल इन्जिनले ११५ बीएचपीको पावर र १४४ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनको साथमा ६ स्पिड म्यानुअल गियरबक्स र सीभीटी अटोमेटिक गियरबक्स समावेश रहेको छ । १.४ लिटर डायरेक्ट इन्जेक्शन टर्बाे पेट्रोल इन्जिनले १४० बीएचपीको पावर र २४२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स वा ७ स्पिड ड्युल क्लच अटोमेटिक ट्रान्समिशनको विकल्प रहेको छ । किया सेल्टोसको डिजेल मोडलमा १.५ लिटर इन्जिन उपलब्ध रहेको छ । सो इन्जिनले ११५ एचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्वर्टर अटोमेटिक गियरबक्सको साथमा उपलब्ध रहेको छ । सेल्टोसमा ३ ड्राइभ मोड नर्मल, इको र स्पोर्ट मोड रहेको छ । यसमा ३ टेरेन मोडल वेट, मड र सैन्ड पनि उपलब्ध रहेको छ ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...