किया सेल्टोस फेसलिफ्ट आउने, परीक्षणमा देखियो पहिलो पटक

भारतीय र नेपाली बजारमा समेत लोकप्रिय मानिएको किया सेल्टोसको अब फेसलिफ्ट मोडल उपलब्ध हुने भएको छ । हालै दक्षिण कोरियामा यो एसयूभी परीक्षणको समयमा देखिएको समाचार सार्वजनिक भएसँगै धेरैको ध्यान अब त्यता मोडिएको छ ।

अर्को वर्ष किया सेल्टोस फेसलिफ्ट बजारमा उपलब्ध हुने अनुमान गरिएको छ । नेपाली बजारमा समेत यो एसयूभी लोकप्रिय बनेको छ । कियाले केही दिन पहिले सार्वजनिक गरेको किया क्यारेन्समा प्रयोग भए जस्तै नयाँ डिजाइन फिलोसोफी अपोजिट युनाइटेड प्रयोग हुने अनुमान गरिएको छ ।

मिडिया रिपोर्ट अनुसार नयाँ किया सेल्टोसमा रिभाइज्ड हेडल्याम्प, अपडेटेड डीआरएल, रिभाइज्ड ग्रिल, आकर्षक फ्रन्ट बम्पर र ग्रिल, अपडेटेड टेललाइटका साथै अन्य धेरै फिचर पाउन सकिने छ । यद्यपि इन्टेरियरमा भने धेरै परिवर्तन नहुन सक्छ ।

त्यसैगरी यसमा नयाँ कलर स्किमका साथै थप विशेषतायुक्त कनेक्टेड कार फिचर, प्यानोरामिक सनरुफ, एयर प्युरिफायर, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समेत विभिन्न फिचर हुने छन् । यसमा प्रयोग हुने इन्जिन र पावरका साथ ट्रान्समिसन अप्सन भने अहिलेकै मोडल जस्तै हुन सक्छ ।

सम्बन्धित समाचारहरू

अब अटोमेटिक विकल्पसहित किया सोनेटको नयाँ भेरिएन्ट

अब अटोमेटिक विकल्पसहित किया सोनेटको नयाँ भेरिएन्ट

किया इन्डियाले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी सोनेटको अटोमेटिक...

कियाको नयाँ इलेक्ट्रिक फेमिली कार क्यारेन्स क्लाभिस ईभी ४९० किलोमिटरको रेन्जसहित लन्च हुँदै

कियाको नयाँ इलेक्ट्रिक फेमिली कार क्यारेन्स क्लाभिस ईभी ४९० किलोमिटरको रेन्जसहित लन्च हुँदै

किया इन्डियाले आफ्ना नयाँ इलेक्ट्रिक फेमिली कार क्यारेन्स क्लाभिस ईभी...

सेफ्टी, स्पेस र स्टाइलको संगम किया क्यारेन्स नेपालमा, मूल्य ५२ लाख ९० हजार

सेफ्टी, स्पेस र स्टाइलको संगम किया क्यारेन्स नेपालमा, मूल्य ५२ लाख ९० हजार

काठमाडौं – कोरियाली कार निर्माता कम्पनी कियाले आफ्नो नयाँ एमपीभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...