१ वर्षमा १ हजार बढी सेल्टोस नेपाली सडकमा, सेल्टोसप्रति नेपाली ग्राहकको राम्रो प्रतिक्रिया

काठमाडौं – नेपाली बजारमा किया सेल्टोस भित्रिएको एक वर्ष पुरा भएको छ । गत वर्षको पुस पहिलो साता किया सेल्टोस नेपाली बजारमा औपचारिक रुपमा भित्रिएको थियो ।

भारतमा ब्रान्डकै पहिचान फरक बनाउनमा भूमिका खेलिरहेको किया सेल्टोसले एक वर्षको अवधिमा नेपालमा समेत विशेष उत्साह भरेको पाइएको छ । नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका असिष्टेन्ट जनरल म्यानेजर अनिश लामिछानेका अनुसार हाल एक हजार भन्दा बढी किया सेल्टोस नेपाली सडकमा गुडिरहेका छन् । नेपाली ग्राहकहरुले यसप्रति निकै नै राम्रो प्रतिक्रिया जनाएको पाइएको छ ।

कोभिड–१९ को असरका बीच पनि सेल्टोसको बिक्री उत्साहप्रद रहेको लामिछानेले बताए । उनले भने, ‘कोभिडको असर सेल्टोसमा देखिएन । यो अवधिमा धेरैले यसप्रति चासो राखेका छन् । हामीले अहिले पनि आवश्यक संख्यामा गाडी उपलब्ध गराउन सकेका छैनौ ।’

अहिले पनि करिव २ सय जति सेल्टोस बुकिङकै अवस्थामा रहेको कम्पनीको भनाइ छ । नेपाली बजारमा उपलब्ध किया सेल्टोसका विभिन्न भेरिएन्ट मध्ये एचटीके प्लस र एचटीएक्स भेरिएन्ट धेरै बिक्री भएका छन् । यो १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ ।

सेल्टोसमा १० इन्च स्क्रिन, बोस म्युजिक सिष्टम, फ्रन्ट र ब्याक एलईडी लाइट, एयर प्युरिफायर, डी–कट स्टेयरिङ, यूभी ग्लास जस्ता विशेषता छन् । यी विशेषता यही सेगमेन्टका अन्य ब्रान्डमा छैनन् ।

नेपालमा किया सेल्टोसको प्रतिस्पर्धा हुन्डाई क्रेटा, निसान किक्स र जिप कम्पाससँग छ ।

नेपाली बजारमा उपलब्ध विभिन्न भेरिएन्ट मध्ये किया सेल्टोसको मूल्य ५३ लाख ४० हजार देखि ७६ लाख ९० हजार रुपैयाँ सम्म छ । पेट्रोल इन्जिनयुक्त एचटीके प्लसको मूल्य ५३ लाख ४० हजार, एचटीएक्सको मूल्य ६० लाख ९० हजार र एचटीएक्स आईभीटीको मूल्य ६३ लाख ९० हजार रुपैयाँ छ ।

त्यसैगरी डिजेल इन्जिनयुक्त एचटीके प्लसको मूल्य ५७ लाख ९० हजार, एचटीएक्स प्लसको मूल्य ६६ लाख ९० हजार र जीटीएक्स प्लस अटोमेटिकको मूल्य ७६ लाख ९० हजार रुपैयाँ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...