२०७७ चैत ३० सोमबार,

नयाँ अवतारमा लन्च हुँदै किया सेल्टोस, टिजर सार्वजनिक

Post adv

किया मोटर्सले सोशल मिडियामा नयाँ किया सेल्टोसको टिजर सार्वजनिक गरेको छ । उक्त टिजरमा एप्पल र बुक देखिएको छ । टिजरको टेक्स्टमा द वान हु आक्सड् ह्वाई ? भनेर लेखिएको छ । यसको साथै कमिङ सुन पनि लेखिएको छ ।

खासमा कम्पनीले भारतीय बजारमा किया सेल्टोस ग्रेभिटी एडिसन लन्च गर्ने तयारी गरिरहेको छ । सो मोडल पहिला नै कोरियामा लन्च भइसकेको छ । कम्पनीले चाँडै नै सो मोडल भारतमा लन्च गर्नेछ ।

नेपाली बजारमा पनि सो मोडल उपलब्ध हुन सक्छ । कम्पनीको किया सेल्टोस भारतका साथै नेपालमा समेत पहिलो लोकप्रिय कार हो । हाल कम्पनीले सो कार नयाँ अवतारमा लन्च गर्न लागेको हो ।

Advertise Eleven Advertise Ten Advertise Nine

सेल्टोस ग्रेभिटीको कोरियन मोडलमा २ इन्जिनको विकल्प रहेको छ । यसमा १७७ बीएचपीको पावर भएको १.६ लिटर टर्बाेचाज्र्ड पेट्रोल र १३६ बीएचपीको पावर भएको १.६ लिटर डिजेल इन्जिन समावेश रहेको छ । सो इन्जिन ७ स्पिड ड्युल क्लच अटोमेटिक गियरबक्सबाट लेस रहेको छ । सो इन्जिनको साथमा अल ह्वील ड्राइभ सिस्टमको विकल्प पनि रहेको छ ।

सो एसयूभीमा लेन किप असिस्ट र हाई बिम असिस्ट फङ्सन जस्ता सेफ्टी फिचर पनि समावेश गरिएको छ । कम्पनीले सो कार भारत लन्च गर्ने आधिकारिक घोषणा गरेको छैन । यद्यपि केही समय पटि कम्पनीले यसको स्पेसल एडिसनमा भारतमा लन्च गर्ने सम्भावना रहेको छ ।

Post adv

लोकप्रिय

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...