कियाको नयाँ एसयूभी ईभी९

किया मोटर्स हाल फ्ल्यागशिप इलेक्ट्रिक एसयूभीमा काम गरिरहेको छ । कम्पनीको सो एसयूभी परीक्षणको समयमा देखिएको छ । सो एसयूभी चाँडै नै भारतीय र नेपाली बजारमा समेत प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।

कम्पनीले ईभी९ फ्ल्यागशिप कन्सेप्ट २०२३ अटो एक्सपोमा सार्वजनिक गरेको थियो । ई–जीएमपी प्लेटफर्ममा आधारित ईभी९ अन्तर्राष्ट्रिय बजारमा धेरै पावरट्रेनहरूमा उपलब्ध छ । अन्तर्राष्ट्रिय बजारमा उपलब्ध ईभी९ को बेस भेरिएन्टमा ७६.१ किलोवाट ब्याट्री प्याक समावेश छ, जसले ३५८ किलोमिटरको रेन्ज प्रदान गर्छ ।

यसमा एक्सेल–माउन्ट गरिएको २१५ बीएचपी इलेक्ट्रिक मोटरसँग जोडिएको छ । सो कार ९९.८ किलोवाट ब्याट्री प्याक भएको अर्को भेरिएन्ट पनि उपलब्ध छ, जसले फुल चार्जमा ५४१ किलोमिटरको रेन्ज दिन्छ ।

परीक्षणको समयमा देखिएको कारको डिजाइनमा सिग्नेचर टाइगर नोज एलिमेन्टसँग जोडिएको ब्ल्याक अफ फ्रन्ट ग्रिलको साथमा उपलब्ध हुनेछ, जसलाई भर्टिकल एलईडी हेडल्याम्प र फ्रन्ट बम्पर सेटले घेरिएको छ । यसमा २१ इन्चको अलोय ह्विल र पछाडि स्लिक हाई माउन्टेड स्टप ल्याम्पको साथै टेल ल्याम्प समावेश छ ।

सम्बन्धित समाचारहरू

कारमा पाइने एडीएएस सिस्टम के हो ? यसले दुर्घटनाबाट बच्न कसरी मद्दत गर्छ ?

कारमा पाइने एडीएएस सिस्टम के हो ? यसले दुर्घटनाबाट बच्न कसरी मद्दत गर्छ ?

कार निर्माता कम्पनीहरुले लगातार आफ्ना कारमा विभिन्न अत्याधुनिक फिचर...

काठमाडौंको सडकमा देखियो १ करोड ४५ लाख मूल्यको प्रिमियम इलेक्ट्रिक कार अवतार ११

काठमाडौंको सडकमा देखियो १ करोड ४५ लाख मूल्यको प्रिमियम इलेक्ट्रिक कार अवतार ११

काठमाडौं – काठमाडौंको सडकमा प्रिमियम ईभी अवतार ११ देखिएको छ । औपचारिक लन्च...

नेपालमा समेत उपलब्ध नेटाको थाइल्यान्डमा यस्तो छ बजार

नेपालमा समेत उपलब्ध नेटाको थाइल्यान्डमा यस्तो छ बजार

सन् २०२४ को डिसेम्बर महिनामा थाइल्यान्डमा विभिन्न इलेक्ट्रिक सवारी साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...