कियाको नयाँ एसयूभी ईभी९

किया मोटर्स हाल फ्ल्यागशिप इलेक्ट्रिक एसयूभीमा काम गरिरहेको छ । कम्पनीको सो एसयूभी परीक्षणको समयमा देखिएको छ । सो एसयूभी चाँडै नै भारतीय र नेपाली बजारमा समेत प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।

कम्पनीले ईभी९ फ्ल्यागशिप कन्सेप्ट २०२३ अटो एक्सपोमा सार्वजनिक गरेको थियो । ई–जीएमपी प्लेटफर्ममा आधारित ईभी९ अन्तर्राष्ट्रिय बजारमा धेरै पावरट्रेनहरूमा उपलब्ध छ । अन्तर्राष्ट्रिय बजारमा उपलब्ध ईभी९ को बेस भेरिएन्टमा ७६.१ किलोवाट ब्याट्री प्याक समावेश छ, जसले ३५८ किलोमिटरको रेन्ज प्रदान गर्छ ।

यसमा एक्सेल–माउन्ट गरिएको २१५ बीएचपी इलेक्ट्रिक मोटरसँग जोडिएको छ । सो कार ९९.८ किलोवाट ब्याट्री प्याक भएको अर्को भेरिएन्ट पनि उपलब्ध छ, जसले फुल चार्जमा ५४१ किलोमिटरको रेन्ज दिन्छ ।

परीक्षणको समयमा देखिएको कारको डिजाइनमा सिग्नेचर टाइगर नोज एलिमेन्टसँग जोडिएको ब्ल्याक अफ फ्रन्ट ग्रिलको साथमा उपलब्ध हुनेछ, जसलाई भर्टिकल एलईडी हेडल्याम्प र फ्रन्ट बम्पर सेटले घेरिएको छ । यसमा २१ इन्चको अलोय ह्विल र पछाडि स्लिक हाई माउन्टेड स्टप ल्याम्पको साथै टेल ल्याम्प समावेश छ ।

सम्बन्धित समाचारहरू

भारत र इजरायलले आल्मुनियम एयर ब्याट्री उत्पादन गर्ने, के हो आल्मुनियम एयर ब्याट्री ? कसरी गर्छ काम ?

भारत र इजरायलले आल्मुनियम एयर ब्याट्री उत्पादन गर्ने, के हो आल्मुनियम एयर ब्याट्री ? कसरी गर्छ काम ?

भारत र इजरायलले इलेक्ट्रिक सवारी साधनका लागि अत्याधुनिक आल्मुनियम एयर...

दसैंको झल्को दिने गरी जीहो इलेक्ट्रिक स्कुटरको कार्निभल शुरु, पुरानोसँग नयाँ साट्न पनि सकिने

दसैंको झल्को दिने गरी जीहो इलेक्ट्रिक स्कुटरको कार्निभल शुरु, पुरानोसँग नयाँ साट्न पनि सकिने

काठमाडौं – नेपालका लागि जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक रिलायन्स...

नेक्सन ईभीको चर्चाले ओझेलमा पार्यो टाटाका अन्य मोडलको लोकप्रियता

नेक्सन ईभीको चर्चाले ओझेलमा पार्यो टाटाका अन्य मोडलको लोकप्रियता

अटो बजारमा अहिले इलेक्ट्रिक कार सर्बाधिक चर्चाको विषय बनिरहेको छ । केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...