किया नेपालले सार्वजनिक ग-यो किया क्यारेन्सको टिजर, यस्तो छ फिचर र अनुमानित मूल्य

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नेपाली बजारमा छिट्टै नै ७ सिटर एमपीभी अल न्यु क्यारेन्स उपलब्ध गराउने भएको छ । लन्च गर्नु भन्दा पहिले कम्पनीले यसको टिजर सार्वजनिक गरेको छ ।

नेपाली बजारमा पहिले देखि नै उपलब्ध सुजुकी एक्सएल६, सुजुकी अर्टिगा र यस्तै थ्री रो मोडलका एमपीभीसँग यसको प्रतिस्पर्धा हुनेछ ।

भारतीय बजारमा करिव एक वर्ष पहिले नै लन्च भएको भए पनि आयात प्रतिबन्धको कारण सो एमपीभी नेपाली बजारमा भित्रिन पाएको थिएन । भारतमै अत्यधिक माग भएका कारण पनि यसमा असर पुगेको थियो ।

भारतीय बजारमा किया क्यारेन्स प्रिमियम, प्रेस्टिज, प्रेस्टिज प्लस, लक्जरी र लक्जरी प्लस गरी कुल ५ भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । यद्यपि नेपालमा भने सिंगल प्रेस्टिज भेरिएन्टमा मात्र उपलब्ध हुने बताइएको छ । यसममा भएको १.५ लिटर नेचुरल्ली एस्पिरिटेड पेट्रोल इन्जिनको पावर ११५ एचपी र टर्क १४४ एनएम रहेको छ

यो गाडीमा किलेस इन्ट्री, रियरभ्यु क्यामेरा, रियरभ्यु मोनिटर, इलेक्ट्रिकल्ली एड्जस्टेबल ओआरभीएम, एन्ड्रोइड अटो र एप्पल कारप्ले सहित ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिङ माउन्टेड कन्ट्रोल, फ्रन्ट पार्किङ सेन्सर आदि उपलब्ध छन् ।

सुरक्षाका लागि यसमा ६ एयरब्याग, एबीएस, ईएससी, एचएसी, डाउनहिल ब्रेक कन्ट्रोल, अल ह्विल डिस्क ब्रेक, रियर पार्किङ सेन्सर र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर छन् ।

नेपाली बजारमा किया क्यारेन्सको मूल्य ५० लाख देखि ५५ लाख रुपैयाँ सम्म पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

सेल्टोस र सोनेटको सफलताबाट उत्साहित कियाले भारतमा थप ४ वटा नयाँ मोडल थप्ने

सेल्टोस र सोनेटको सफलताबाट उत्साहित कियाले भारतमा थप ४ वटा नयाँ मोडल थप्ने

भारतमा प्लान्ट स्थापना गरेर सवारीसाधन उत्पादन थालेको कोरियाली ब्रान्ड...

हाईब्रिड पावरट्रेनमा आयो किया कार्निभल, यस्ता छन् विशेषता

हाईब्रिड पावरट्रेनमा आयो किया कार्निभल, यस्ता छन् विशेषता

कियाले आफ्नो लोकप्रिय एमपीभी कार्निभललाई हाइब्रिड पावरट्रेनमा सार्बजनिक...

नेपाली बजारमा सनरुफयुक्त एसयूभी : सबैभन्दा सस्तो टाटा नेक्सन, यस्तो छ अन्यको अवस्था

नेपाली बजारमा सनरुफयुक्त एसयूभी : सबैभन्दा सस्तो टाटा नेक्सन, यस्तो छ अन्यको अवस्था

यूरोप र अमेरिका लगायत विश्वका अधिकांश विकसित देशमा सनरुफ भएका सवारी साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...