किया नेपालले सार्वजनिक ग-यो किया क्यारेन्सको टिजर, यस्तो छ फिचर र अनुमानित मूल्य

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नेपाली बजारमा छिट्टै नै ७ सिटर एमपीभी अल न्यु क्यारेन्स उपलब्ध गराउने भएको छ । लन्च गर्नु भन्दा पहिले कम्पनीले यसको टिजर सार्वजनिक गरेको छ ।

नेपाली बजारमा पहिले देखि नै उपलब्ध सुजुकी एक्सएल६, सुजुकी अर्टिगा र यस्तै थ्री रो मोडलका एमपीभीसँग यसको प्रतिस्पर्धा हुनेछ ।

भारतीय बजारमा करिव एक वर्ष पहिले नै लन्च भएको भए पनि आयात प्रतिबन्धको कारण सो एमपीभी नेपाली बजारमा भित्रिन पाएको थिएन । भारतमै अत्यधिक माग भएका कारण पनि यसमा असर पुगेको थियो ।

भारतीय बजारमा किया क्यारेन्स प्रिमियम, प्रेस्टिज, प्रेस्टिज प्लस, लक्जरी र लक्जरी प्लस गरी कुल ५ भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । यद्यपि नेपालमा भने सिंगल प्रेस्टिज भेरिएन्टमा मात्र उपलब्ध हुने बताइएको छ । यसममा भएको १.५ लिटर नेचुरल्ली एस्पिरिटेड पेट्रोल इन्जिनको पावर ११५ एचपी र टर्क १४४ एनएम रहेको छ

यो गाडीमा किलेस इन्ट्री, रियरभ्यु क्यामेरा, रियरभ्यु मोनिटर, इलेक्ट्रिकल्ली एड्जस्टेबल ओआरभीएम, एन्ड्रोइड अटो र एप्पल कारप्ले सहित ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिङ माउन्टेड कन्ट्रोल, फ्रन्ट पार्किङ सेन्सर आदि उपलब्ध छन् ।

सुरक्षाका लागि यसमा ६ एयरब्याग, एबीएस, ईएससी, एचएसी, डाउनहिल ब्रेक कन्ट्रोल, अल ह्विल डिस्क ब्रेक, रियर पार्किङ सेन्सर र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर छन् ।

नेपाली बजारमा किया क्यारेन्सको मूल्य ५० लाख देखि ५५ लाख रुपैयाँ सम्म पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

महंगो भयो किया  क्यारेन्स, यस्तो छ नेपाल आउने तयारीमा रहेको एमपिभी

महंगो भयो किया क्यारेन्स, यस्तो छ नेपाल आउने तयारीमा रहेको एमपिभी

भारतीय बजारमा २ महिना अघि लन्च भएको किया क्यारेन्स ७० हजार भारुसम्मले...

कियाको बहुप्रतिक्षित एसयुभी साइरोस सार्बजनिक, यस्तो छ विशेषता

कियाको बहुप्रतिक्षित एसयुभी साइरोस सार्बजनिक, यस्तो छ विशेषता

कियाले आफ्नो बहुप्रतिक्षित एसयुभी साइरोसलाई भारतमा सार्बजनिक गरेको छ । सो...

यस्तो छ नेपाल आउने तयारीमा रहेको किया क्यारेन्स ७ सिटर एमपिभी

यस्तो छ नेपाल आउने तयारीमा रहेको किया क्यारेन्स ७ सिटर एमपिभी

कियाको ७ सिटर एमपिभी क्यारेन्स अन्तत नेपाल आउने भएको छ । भारतमा १ वर्षअघि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...