हेलो किया पिकान्टो २०२४, लुक र फिचरमा परिमार्जन सहित सार्वजनिक
किया पिकान्टो नयाँ भर्सनमा सार्वजनिक भएको छ । कोरियामा सार्वजनिक गरिएको...
काठमाडौं – नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले २०२६ मोडल वर्षको नयाँ किया सोनेट नेपालमा भित्रिएको घोषणा गरेको छ। लोकप्रिय कम्प्याक्ट एसयूभीको रूपमा स्थापित सोनेटको यो नयाँ संस्करणले डिजाइन, फिचर र परफर्मेन्समा सुक्ष्म सुधारसहित थप परिष्कृत अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
‘द वाइल्ड रिबोर्न’ थिममा आधारित २०२६ किया सोनेटले थप आकर्षक डिजाइन ल्यांग्वेज, प्रिमियम इन्टेरियर एक्सपेरियन्स र आधुनिक प्रविधिसहित बजारमा आफ्नो पहिचानलाई थप मजबुत बनाएको छ। शहरी सडकदेखि राजमार्गसम्म सहज र आत्मविश्वासी ड्राइभिङ अनुभव दिने उद्देश्यसहित यो मोडल तयार गरिएको बताइएको छ।
नयाँ सोनेटको बुकिङ हाल काठमाडौंको गैरीधारास्थित फ्ल्यागशिप शोरुमसहित देशभरका आधिकारिक किया शोरुमहरूमा खुला गरिएको छ। ग्राहकहरूले नजिकको डिलरशिपमा गई सवारीको प्रत्यक्ष अवलोकन तथा अनुभव लिन सक्नेछन्।

दक्षिण कोरियाली अटो ब्रान्ड कियाले नेपालमा ३० वर्षभन्दा बढी समयदेखि आफ्नो उपस्थिति कायम राख्दै आएको छ। नेपाली बजारमा कियाको ग्लोबल स्ट्यान्डर्डमा केन्द्रित विभिन्न रेन्जका लोकप्रिय र विश्वसनिय मोडलहरु उपलब्ध छन् । कम्पनीले गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिमा केन्द्रित हुँदै नेपाली बजारमा बलियो छवि निर्माण गरेको छ।
नेपालमा हाल किया सोनेटका एचटीई (ओ) देखि एचटीएक्स एटी सम्म पाँच भेरिएन्ट उपलब्ध छन् । यो पहिलेकै मूल्यमा उपलब्ध छ । यी भेरिएन्टको मूल्य क्रमशः ४२ लाख ९० हजार, ४८ लाख ४० हजार, ४५ लाख ९० हजार, ५२ लाख ९० हजार र ६३ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
हाल कियाले नेपालमा किया सोनेट, किया सेल्टोस र क्यारेन्स जस्ता मोडलहरूसँगै किया स्पोर्टेज र किया सोरेन्टो जस्ता प्रिमियम एसयूभी तथा किया ईभी६ र ईभी९ जस्ता विद्युतीय सवारीसाधन उपलब्ध गराउँदै आएको छ।
सोरेन्टो, स्पोर्टेज, ईभी६ र ईभी९ दक्षिण कोरियाबाट आयात गरिन्छ भने सोनेट, सेल्टोस र क्यारेन्स भारतबाट ल्याइन्छन्। सन् २०१९ देखि लागू गरिएको यो रणनीतिले नेपाली बजारको मागलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सहयोग पुगेको कम्पनीले जनाएको छ।
देशभर फैलिएको डिलर नेटवर्क, जेन्युइन स्पेयर पाट्र्सको उपलब्धता तथा स्तरीय आफ्टर–सेल्स सर्भिसमार्फत कियाले ग्राहक सन्तुष्टि र विश्वसनीयतामा जोड दिँदै आएको बताएको छ।
किया पिकान्टो नयाँ भर्सनमा सार्वजनिक भएको छ । कोरियामा सार्वजनिक गरिएको...
कियाले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा ईभी६ फेसलिफ्ट प्रदर्शन गरेको छ...
काठमाडौं–पुराना गाडीसंग कियाको ब्रान्ड न्यू ईभी तथा पेट्रोलबाट चन्ले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...