कियाकाे नयाँ एमपीभी क्यारेन्स क्लाभिस सार्वजनिक

किया मोटर्सले भारतीय बजारका लागि आफ्नो नयाँ एमपीभी किया क्यारेन्स क्लाभिस पेश गरेको छ। अत्याधुनिक डिजाइन र उत्कृष्ट सुविधाले भरिपूर्ण सो गाडी किया मोटर्सको नयाँ पोजिट्स युनाइटेड २.० डिजाइन फिलोसफी अन्तर्गत तयार गरिएको हो।

किया क्यारेन्स क्लाभिसमा एलईडी डीआरएल, एलईडी आइस क्युब हेडलाइट्स, कनेक्टेड एलईडी टेलल्याम्प, प्यानोरामिक सनरुफ, २६.६२ इन्चको ड्युअल स्क्रिन, फ्रन्ट भेन्टिलेटेड सिट, ६४ कलर एम्बियन्ट लाइट, ३६० डिग्री क्यामेरा, एयर प्युरिफायर, बोस अडियो सिस्टम, वायरलेस फोन चार्जर, टु स्पोक स्टेयरिङ ह्विल, ड्युअल टोन इन्टेरियर, १७ इन्च अलोय ह्विल, पुश बटन स्टार्ट/स्टप र दोस्रो पङ्क्तिको क्याप्टेन सिट जस्ता फिचर उपलब्ध छ ।

सेफ्टीका लागि गाडीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल एन्टि-लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, हिल असिस्ट कन्ट्रोल, पार्किङ सेन्सर, चारै पाङ्ग्रामा डिस्क ब्रेक, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट, ब्रेक असिस्ट सिस्टम, हिल स्टार्ट असिस्ट कन्ट्रोल जस्ता सुरक्षाका सुविधा छ । साथै, २० भन्दा बढी सेफ्टी फिचरसहितको लेभल-२ एडास पनि उपलब्ध गराइएको छ।

किया क्यारेन्स क्लाभिस ३ वटा इन्जिन अप्सनमा ल्याइनेछ। यसमा १.५ लिटर पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन उपलब्ध छ । १.५ लिटर टर्बो पेट्रोल इन्जिन नयाँ म्यानुअल ट्रान्समिसन र अटोमेटिक ट्रान्समिसन विकल्पमा उपलब्ध हुनेछ। साथै, यसमा ड्राइभिङ मोड पनि प्रदान गरिएको छ।

किया क्यारेन्स क्लाभिसको मूल्य केही समयपछि औपचारिक रूपमा घोषणा गरिनेछ। भारतीय बजारमा यसले जेएसडब्ल्यू एमजी हेक्टर, महिन्द्रा स्कर्पियो एन, एक्सयूभी७००, टाटा सफारी र टोयोटा इनोभा क्रिस्टाजस्ता एमपीभी तथा एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचारहरू

कियाको चर्चित एसयुभी सेल्टोस, यस्तो छ नेपाली बजारमा उपलव्ध ७ भेरियन्टको मूल्य

कियाको चर्चित एसयुभी सेल्टोस, यस्तो छ नेपाली बजारमा उपलव्ध ७ भेरियन्टको मूल्य

नेपाली एसयुभी पारखीमाझ लोकप्रिय वनिरहेको किया सेल्टोस ७ भिन्न भेरियन्टमा...

पूर्ण रूपमा परिवर्तनसहित सार्वजनिक भयो नयाँ किया सेल्टोस, ३ वटा इन्जिन विकल्पमा उपलब्ध

पूर्ण रूपमा परिवर्तनसहित सार्वजनिक भयो नयाँ किया सेल्टोस, ३ वटा इन्जिन विकल्पमा उपलब्ध

अन्ततः कियाले नयाँ २०२३ एसयूभी सेल्टोस सार्वजनिक गरेको छ । यसको बुकिङ...

प्यानोरमिक सनरुफ, ६ एयरब्याग र उत्कृष्ट फिचर सहित आउदै किया सेल्टोस

प्यानोरमिक सनरुफ, ६ एयरब्याग र उत्कृष्ट फिचर सहित आउदै किया सेल्टोस

२०२२ किया सेल्टोस फेसलिफ्ट दक्षिण कोरियामा लन्च भएको छ । मिडिया रिपोर्टका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...