कियाले लन्च ग-यो प्रिमियम इलेक्ट्रिक क्रसओभर ईभी६, भारतमा १०० युनिट मात्र बिक्री गरिने

लामो प्रतीक्षा पश्चात भारतमा कियाको इलेक्ट्रिक क्रसओभर ईभी६ लन्च गरिएको छ । प्रिमियम इलेक्ट्रिक कार किया ईभी६ जीटी लाइन रियर ह्विल ड्राइभ र जीटी लाइन अल ह्विल ड्राइभ गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः ५९ लाख ९५ हजार र ६४ लाख ९६ हजार भारु तोकिएको छ ।

किया ईभी६ को दुवै भेरिएन्टमा ७७.४ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ, जसले फुल चार्जमा ५२८ किलोमिटर रेन्ज दिने बताइएको छ । यसलाई ३५० किलोवाट डीसी फास्ट चार्जरको सहयोगले १८ मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

भारतमा यो वर्ष किया ईभी६ बिक्रीका लागि १०० युनिट मात्र उपलब्ध हुनेछ । यसलाई सीबीयूको रुपमा लिइने छ । यसले गर्दा पहिले नै यो सोल्ड आउट भइसकेको छ । हाल सम्म ३५५ युनिट बुकिङ भइसकेको र भारतका १२ प्रमुख सहरका १५ डिलरसिपमार्फत यसको बुकिङ गर्न सकिने बताइएको छ । यसका लागि ३ लाख भारु टोकन मनीको रुपमा उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

किया ईभी६ मा लक्जरियस क्याबिनका साथमा धेरै फिचर उपलब्ध छन् । यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट सहितको १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ८ एयरब्याग, अल ह्विल डिस्क ब्रेक, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, भेइकल स्ट्याबिलिटी म्यानेजमेन्ट, हिल स्टार्ट असिस्ट कन्ट्रोल, मल्टि–कोलिजन ब्रेक असिस्ट आदि उपलब्ध छन् ।

त्यसैगरी एबीएस, इमर्जेन्सी स्टप सिग्नल, फ्रन्ट र रियर पार्किङ सेन्सरका साथै आइसोफिक्स चाइल्ड एंकर जस विशेषता छन् । ईभी६ को डेलिभरी यस वर्ष सेप्टेम्बरमा सुरु हुनेछ । किआ मोटर्सले यो प्रिमियम इलेक्ट्रिक कारमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको ब्याट्री ग्यारेन्टी दिएको छ ।

नेपाली बजारमा पनि यो गाडी उपलब्ध गराउने तयारी भइरहेको पहिले देखि नै समाचार आइरहेका छन् ।

सम्बन्धित समाचारहरू

दशै तिहारमा किङलङ ईभी भ्यान किन्दा बम्पर अफरमा हिरो एक्सट्रिम १६०आर मोटरसाइकल उपहार

दशै तिहारमा किङलङ ईभी भ्यान किन्दा बम्पर अफरमा हिरो एक्सट्रिम १६०आर मोटरसाइकल उपहार

काठमाडौं – नेपालका लागि किङलङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले यस...

फायरप्रुफ ब्याट्री भएको इलेक्ट्रिक स्कुटर नेपालमा

फायरप्रुफ ब्याट्री भएको इलेक्ट्रिक स्कुटर नेपालमा

काठमाडौं – नेपाली बजारमा फायरप्रुफ ब्याट्रीयुक्त इलेक्ट्रिक स्कुटर...

चलिरहेको ट्रकलाई सडकमै वायरलेस चार्ज गर्ने प्रविधि सफल

चलिरहेको ट्रकलाई सडकमै वायरलेस चार्ज गर्ने प्रविधि सफल

अमेरिकी इन्जिनियरहरूले विद्युतीय सवारी साधन चार्जिङ क्षेत्रमा ऐतिहासिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...