किया सोरेन्टो भारतमा लन्च हुँदै, प्रि बुकिङ सुरु
कियाले भारतीय बजारमा नयाँ प्रिमियम एसयूभी किया सोरेन्टो लन्च गर्ने तयारी...
किया इन्डियाले सन् २०२६ को फेब्रुअरी महिनामा उल्लेखनीय बिक्री वृद्धि हासिल गरेको छ। कम्पनीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार कियाको बिक्री वार्षिक आधारमा १०.३ प्रतिशतले बढेको छ ।
किया इन्डियाले फेब्रुअरी २०२६ मा कुल २७ हजार ६१० युनिट सवारी बिक्री गरेको छ। गत वर्षको सोही महिनामा कम्पनीले २५ हजार २६ युनिट बिक्री गरेको थियो । यस आधारमा कम्पनीले करिब १० प्रतिशतको वृद्धि देखिएको छ।
कम्पनीको सफलताको मुख्य आधार यसको लोकप्रिय एसयूभी पोर्टफोलियो रहेको छ। विशेषगरी नयाँ पुस्ताको किया सेल्टोसले ग्राहकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ। यसको डिजाइन, एड्भान्स टेक्नोलोजी र आधुनिक फिचरका कारण सेल्टोस मिड साइज एसयूभी सेगमेन्टमा अग्रणी स्थानमा रहँदै आएको छ। त्यसैगरी किया सोनेटले कम्प्याक्ट एसयूभी सेगमेन्टमा आफ्नो प्रभुत्व कायम राखेको छ। सुविधायुक्त विशेषता र आकर्षक डिजाइनका कारण यो युवा पुस्तामाझ लोकप्रिय विकल्प बनेको छ।
यसका अतिरिक्त किया कारेन्स र किया कार्निभल जस्ता मोडलले पनि स्थिर माग कायम राख्दै कम्पनीको समग्र बिक्रीमा योगदान पुर्याएको छ । बहुआयामिक उत्पादन लाइनअपले विभिन्न ग्राहक समूहलाई लक्षित गर्न मद्दत गरेको कम्पनीको दाबी छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...