यस्तो हुनेछ किया ईभी९ इलेक्ट्रिक एसयूभी

किया ईभी९ को कन्सेप्ट भर्सन केही दिन पहिले भारतमा सम्पन्न अटो एक्सपो २०२३ मा सार्वजनिक गरिएको थियो । सो एसयूभीे क्यालिफोर्निया डिजाइन स्टुडियोमा डिजाइन गरिएको हो । यसको नयाँ लोगोले सबैको ध्यान आकर्षित गरेको छ । सो एसयूभी अमेरिकामा लन्चको लागि तयार हुँदैछ । यस इलेक्ट्रिक कारका केही महत्वपूर्ण स्पेसिफिकेशन लिक भएको छ ।

कम्पनीको पछिल्लो भर्सन किया ईभी९ को बेस मोडलको मूल्य ५६ हजार डलर राखिएको छ । जसले २०० एचपीको पावर र ३३८ एनएमको टर्क जेनेरेट गर्छ । सो एसयूभीले ३५० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

टप अफ द लाइन किया ईभी९ को मूल्य ७३ हजार डलर रहेको छ । जसले ४०० एचपीको पावर र ६५२ एनएमको टर्क जेनेरेट गर्छ । सो एसयूभीले लगभग ३८५ किलोमिटरको रेन्ज प्रदान गर्छ । यसमा २१ इन्चको अलोय ह्विल समावेश गरिएको छ । जबकि तल्लो ट्रिममा १९ वा २० इन्चको ह्विल समावेश छ ।

किया ईभी९ को टप ट्रिम एकदम तीव्र हुनेछ । सो एसयूभीले ५।२ सेकेन्डमा ० देखि १०० किमी प्रति घन्टाको गति लिन सक्छ । अन्य ट्रिममा ६ सेकेन्ड र ८।९ सेकेन्डको बीचमा ० देखि १०० किमी प्रतिघण्टाको गति हासिल गर्न सक्षम छ ।

कम्पनीले किया ईभी९ को बारेमा आधिकारिक रूपमा घोषणा गरेको छैन । किया ईभी९ लन्च भएमा मर्सिडिज इक्युबीसँग प्रतिस्पर्धा गर्नेछ, जसको मूल्य लगभग समान हुनेछ । अमेरिकी बजारमा किया ईभी९ यही वर्षको पहिलो त्रैमासिकमा लन्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

प्रिमियम इलेक्ट्रिक ईभी जिकर एक्समा विशेष अफर, ८५ लाखको गाडी ७० लाखमा

प्रिमियम इलेक्ट्रिक ईभी जिकर एक्समा विशेष अफर, ८५ लाखको गाडी ७० लाखमा

काठमाडौँ – नेपालका लागि जिकर ईभीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...

फिल्म प्रमोशनको समयमा देखियो फक्सवागन बिटलको इलेक्ट्रिक कन्सेप्ट, के ईभी भर्सनमा आउला ?

फिल्म प्रमोशनको समयमा देखियो फक्सवागन बिटलको इलेक्ट्रिक कन्सेप्ट, के ईभी भर्सनमा आउला ?

एनिमेटेड फिल्म ‘मिराक्युलस : लेडीबग एन्ड क्याट न्वायर’ मा प्रयोग गरिएको...

लुम्बिनीमा थन्किएका विद्युतीय सवारी सञ्चालनमा आउने

लुम्बिनीमा थन्किएका विद्युतीय सवारी सञ्चालनमा आउने

बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...