रिकिन्डसनमा खोजी हुन थाल्यो किया सेल्टोस, बिक्री गर्ने ग्राहक नभेटिंदा कारोबार न्यून
पछिल्लो समय चर्चामा रहन सफल किया सेल्टोसको रिकिन्डसन बजारमा समेत खोजी हुन...
कियाले हालै अन्तर्राष्ट्रिय बजारमा लन्च गरेको इलेक्ट्रिक कार ईभी६ युरोपको ‘कार अफ द इयर’ बनेको छ । युरोपका प्रतिष्ठित ५९ पत्रकारहरुको समूहले प्रदान गरेको अंकका आधारमा ईभी६ ले सो उपाधि पाएको हो ।
यस अनुसार किया ईभी६ ले २७९ अंक प्राप्त गरेको थियो । त्यसैगरी दोस्रो र तेस्रो नम्बरमा रहेको रेनो मेगान इलेक्ट्रिकले २६५ र हुन्डाई आयोनिक ५ ले २६१ नम्बर प्राप्त गरेका थिए ।
चौथो, पाँचौ, छैटौं र सातौ नम्बरमा क्रमशः प्युजो ३०८, स्कोडा इन्याक आईभी, फोर्ड मस्ट्याङ म्याच–ई र कुप्रा बोर्न रहेका छन् ।
यसरी पुरस्कृत हुने धेरै आधारहरु मध्ये एक टेक्निकल एड्भान्स्मेन्ट थियो । यो त्यस्तो अवार्ड हो, जसमा कार निर्माता कम्पनीहरूले वास्तवमै जित हात पार्न चाहन्छन् । उनीहरूले यसलाई खरिद गर्न वा नतिजालाई प्रभावित पार्न समेत सक्दैनन् । यसका लागि उनीहरूले राम्रो कार बनाएर प्रवेश सुनिश्चित गर्नुपर्ने हुन्छ ।
नेपालमा समेत किया ईभी६ छिट्टै नै उपलब्ध हुने गरी तयारी भइरहेको बताइएको छ । अर्डर भइसकेको भए पनि अपेक्षित मात्रामा उत्पादन हुन नसकेको र अन्तर्राष्ट्रिय बजारमा धेरै माग भएकाले तोकिएको समयमा नेपाली बजारमा उपलब्ध हुन नसकेको बताइएको छ । कम्पनी स्रोतका अनुसार १ महिना देखि २ महिना भित्रमा यो कार नेपाली बजारमा उपलब्ध हुनेछ । यसको बुकिङ समेत प्रारम्भ भइसकेको छ ।
कियाको सो ईभी६ इलेक्ट्रिक कार नयाँ ईभी प्लेटफर्ममा तयार गरिएको छ । सो प्लेटफर्म हुन्डाई आयोनिक ५ मा पनि प्रयोग गरिएको थियो । सो एसयूभी ३ भेरिएन्ट ईभी६, ईभी६ जीटी र ईभी६ जीटी लाइनमा प्रस्तुत गरिएको छ ।
ईभी६ नयाँ डिजाइन फिलोसोफी अपोजिट्स युनाइटेडको रुपमा डिजाइन गरिएको छ । किया ईभी६ इलेक्ट्रिक कारमा दुई ब्याट्री प्याक समावेश गरिएको छ । लङ रेन्ज भेरिएन्टमा ७७.४ केडब्ल्युएच ब्याट्री प्याक र स्ट्यान्डर्ड भेरिएन्टमा ५८.० केडब्ल्युएचको ब्याट्री प्याक समावेश गरिएको छ । ईभी६ जीटी लाइनमा सो दुबै ब्याट्री समावेश गरिएको छ ।
तर, ईभी६ जीटीमा लङ रेन्ज ब्याट्री मात्र समावेश गरिएको छ । यो कम्पनीको पहिलो इलेक्ट्रिक कार हो जसमा २ ह्विल ड्राइभ र ४ ह्विल ड्राइभ दुबैको विकल्प रहेको छ ।
पछिल्लो समय चर्चामा रहन सफल किया सेल्टोसको रिकिन्डसन बजारमा समेत खोजी हुन...
किया सेल्टोस भारतमा लन्च भएको ३ वर्ष पूरा भएको छ । सो कार लन्च भएदेखि नै...
कियाले आफ्नो सब–कम्प्याक्ट एसयुभी सोनेटको विक्री ५ लाख युनिट नाघेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...