फुल चार्जमा ५१० किलोमिटरको रेन्ज दिने किया ईभी६ एसयूभी, यस्तो छ फिचर

दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले पहिलो इलेक्ट्रिक भेइकल किया ईभी६ सार्वजनिक गरेको छ । कम्पनीले पहिला नै कारको डिजाइनको बारेमा जानकारी दिएको थियो । हाल कम्पनीले यसको बारेमा सबै जानकारी सार्वजनिक गरेको छ । किया मोटर्सको सो इलेक्ट्रिक कार टेस्लाको बढी रेन्ज दिने कारसँग कडा प्रतिस्पर्धा गर्नेछ ।

कियाको सो ईभी६ इलेक्ट्रिक कार नयाँ ईभी प्लेटफर्ममा तयार गरिनेछ । सो प्लेटफर्म हुन्डाई आयोनिक ५ मा पनि प्रयोग गरिएको थियो । सो एसयूभी ३ भेरिएन्ट ईभी६, ईभी६ जीटी र ईभी६ जीटी लाइनमा प्रस्तुत गरिएको छ । ईभी६ नयाँ डिजाइन फिलोसोफी अपोजिट्स युनाइटेडको रुपमा डिजाइन गरिएको छ । सो इलेक्ट्रिक कारमा कम्पनीको नयाँ लोगो पनि समावेश गरिनेछ ।

किया ईभी६ इलेक्ट्रिक कारमा दुई ब्याट्री प्याक समावेश गरिएको छ । लङ रेन्ज भेरिएन्टमा ७७.४ केडब्ल्युएच ब्याट्री प्याक र स्ट्यान्डर्ड भेरिएन्टमा ५८.० केडब्ल्युएचको ब्याट्री प्याक समावेश गरिएको छ । ईभी६ जीटी लाइनमा सो दुबै ब्याट्री समावेश गरिएको छ । तर, ईभी६ जीटीमा लङ रेन्ज ब्याट्री मात्र समावेश गरिएको छ । यो कम्पनीको पहिलो इलेक्ट्रिक कार हो जसमा २ ह्विल ड्राइभ र ४ ह्विल ड्राइभ दुबैको विकल्प रहेको छ । ईभी६ को लम्बाई ४६८० एमएम, चौडाई १८८० एमएम, उचाई १५५० एमएम र ह्वीलबेस २९०० एमएम रहेको छ ।

ईभी६ को लङ रेन्ज भेरिएन्टको २ ह्विल ड्राइभ भेरिएन्टमा ७७.४ केडब्ल्युएचको ब्याट्री रहेको छ । सो ब्याट्रीले फुल चार्जमा ५१० किलोमिटरको रेन्ज प्रदान गर्छ । यसमा १६८ केडब्ल्यु पावरको इलेक्ट्रिक मोटर समावेश गरिएको छ । जसले २२९ पीएसको पावर जेनेरेट गर्छ । सो कारको ४ ह्विल ड्राइभ भेरिएन्टमा २३९ केडब्ल्यु पावरको इलेक्ट्रिक मोटर समावेश गरिएको छ । जसले ३२५ पीएसको पावर जेनेरेट गर्छ । सो इलेक्ट्रिक एसयूभीलाई ० देखि १०० किलोमिटर प्रति घन्टा स्पिड गुड्न ५.२ सेकेन्डको समय लाग्छ ।

ईभी६ को स्ट्यान्डर्ड रेन्ज भेरिएन्टको २ ह्विल ड्राइभ भेरिएन्टमा १२५ केडब्ल्युको इलेक्ट्रिक मोटर समावेश गरिएको छ । यसको ४ ह्विल ड्राइभ भेरिएन्टमा १७३ केडब्ल्युको इलेक्ट्रिक मोटर समावेश गरिएको छ । सो भेरिएन्ट ६.२ सेकेन्डमा ० देखि १०० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

ईभी६ इलेक्ट्रिक क्रसओभरको ४ ह्विल ड्राइभ जीटी भर्सनमा ४३० केडब्ल्युको डुअल मोटर समावेश गरिएको छ । जसले ७४० एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीले सो भेरिएन्ट ३.५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको रेन्ज दिने दावी गरेको छ । सो भेरिएन्टको टप स्पिड २६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

किया ईभी६ इलेक्ट्रिक कारमा ८०० भोल्ट र ४०० भोल्टको चार्जिङ सिस्टम रहेको छ । सो कार १८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सो इलेक्ट्रिक एसयूभीमार्फत ४ मिनेट ३० सेकेन्डको चार्जमा १०० किलोमिटरको दुरी तय गर्न सकिन्छ । कम्पनीले किया ईभी६ इलेक्ट्रिक एसयूभी फुल चार्जिङमा ५१० किलोमिटरको ड्राइभिङ रेन्ज दिने दाबी गरेको छ ।

किया ईभी६ मा क्रसओभर जस्तो डिजाइन समावेश गरिएको छ । कारको फ्रन्टमा नयाँ लोगो जडान गरिएको छ । सो कारको टपमा पातलो ग्रिलको साथमा ठूलो हेडलाइट क्लस्टर समावेश गरिएको छ । यसमा सिक्वेन्सियल एनिमेसनको साथमा डीआरएल रहेको छ । कारको फ्रन्ट लुकमा नयाँ डिजाइन एलिमेन्ट रहेको छ । यद्यपि कारको फ्रन्ट लुक कम्पनीको रेगुलर कार भन्दा फरक रहेको छ ।

सो कारको इन्टेरियरमा बढी स्पेस रहेको छ । यसमा ठूलो डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रिन ब्ल्याक ड्यासबोर्ड समावेश गरिएको छ । साथै टु स्पोक स्टेयरिङ ह्विल समावेश गरिएको छ । अगाडिको सिटको बीचमा फ्लोटिङ २ तल्लाको सेन्टर कन्सोल उपलब्ध रहेको छ । जसमा स्टार्ट बटन, रोटेटिङ गियर लिभर उपलब्ध रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...