किया क्यारेन्सको उत्पादन सुरु, फेब्रुअरीमा लन्च हुने

किया क्यारेन्सको उत्पादन सुरु भएको छ । कम्पनीले यसको बुकिङ पनि सुरु गरिसकेको छ । किया क्यारेन्स २५ हजार भारुमा बुकिङ गर्न सकिने कम्पनीले जानकारी दिएको छ । सो कार बुकिङ सुरु गरेको पहिलो दिनमा ७ हजार ७३८ बुकिङ मिलेको छ । कार भारतको अनन्तपुर प्लान्टमा उत्पादन गरिने छ र विश्वका ८० देशमा निर्यात गरिने छ । सो कार फेब्रुअरीमा लन्च गरिने छ ।

यो कम्पनीको चौथो उत्पादन हो र यसलाई एमपीभी सेग्मेन्टमा लन्च गर्नेछ । किया क्यारेन्स ५ भेरिएन्ट प्रिमियम, प्रेस्टिज, प्रेस्टिज प्लस, लक्जरी र लक्जरी प्लसमा उपलब्ध छन् । सो कार ६ र ७ सिटर विकल्पहरूमा हुनेछ । यो कम्पनीको ग्लोबल ल्याङग्वेजमा आधारित हुने भएको छ । कारको डीआरएल कम्पनीका अन्य मोडलमा जस्तै स्पोर्टेज छन् ।

सो कारको लम्बाई ४५४० एमएम, चौडाइ १८०० एमएम, उचाई १७०८ एमएम र ह्विलबेस २७८० एमएमको हुनेछ । साथै यो ८ रङको विकल्प इम्पेरियल ब्लू, मोस ब्राउन, स्पार्कलिंग सिल्भर, इन्टेन्स रेड, ग्लेसियर ह्वाइट पर्ल, क्लियर ह्वाइट, ग्रेभिटी ग्रे र अरोरा ब्ल्याक पर्ल समावेश छन् ।

सो कारमा ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ, जबकि यसको तल्लो भेरिएन्टमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ । यसको इन्स्ट्रयुमेन्ट क्लस्टर पूर्णतया डिजिटल हुनेछ र यसको स्टेयरिङ ह्विल सेल्टोस जस्तो हुनेछ । यसमा नयाँ जेनेरेसन किया कनेक्टको साथ ६६ कनेक्टेड कार फिचर, बोस साउन्ड सिस्टम, ८ स्पिकरसहित ६४ रङको एम्बियन्ट लाइटिङ समावेश छ ।

कारमा स्मार्ट एयर प्युरिफायर, भेन्टिलेटेड फ्रन्ट सिट, मल्टि ड्राइभ मोड, सनरुफ, प्याडल सिफ्टर, वायरलेस चार्जर, कुलिङ कप होल्डर, ६ वटा एयरब्याग, ईएससी, वीएसएम, एचएसी, डीबीसी, बीएएस, अल–ह्विल डिस्क ब्रेक, हाईलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर पार्किङ सेन्सर जस्ता फिचर समावेश हुनेछन् ।

रिपोर्टका अनुसार सो एमपीभी १४ लाख भारुमा लन्च गर्ने सम्भावना छ । कम्पनीले लन्च गरेपछि मात्रै यसको डेलिभरी सुरु हुनेछ । यद्यपि कम्पनीले यसको लन्च मिति भने घोषणा गरेको छैन ।

सम्बन्धित समाचारहरू

कियाले सन् २०२६  सम्म भारतमा ३ नयाँ इलेक्ट्रिक कार ल्याउने

कियाले सन् २०२६  सम्म भारतमा ३ नयाँ इलेक्ट्रिक कार ल्याउने

किया मोटर इन्डियाले सन् २०२६ सम्ममा भारतीय ईभी बजारमा ३ वटा नयाँ...

नयाँ किया सेल्टोस २०२६ मा अपडेटेड डिजाइन र उन्नत सुविधासहित लन्च हुने

नयाँ किया सेल्टोस २०२६ मा अपडेटेड डिजाइन र उन्नत सुविधासहित लन्च हुने

कियाले हाल दोस्रो पुस्ताको सेल्टोसमा काम गरिरहेको छ । रिपोर्टका अनुसार...

यस्तो छ नेपाल आउने तयारीमा रहेको किया क्यारेन्स ७ सिटर एमपिभी

यस्तो छ नेपाल आउने तयारीमा रहेको किया क्यारेन्स ७ सिटर एमपिभी

कियाको ७ सिटर एमपिभी क्यारेन्स अन्तत नेपाल आउने भएको छ । भारतमा १ वर्षअघि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...