सुरुवाती मूल्य ९ लाख भारुमा लन्च भयो किया क्यारेन्स

कियाले क्यारेन्स एमपीभीलाई आज भारतमा लन्च गरेको छ । सेल्टोसको प्लेटफर्ममा आधारित भई निर्माण गरिएको यो एमपीभी १.५ पेट्रोल, १.४ पेट्रोल र १.५ डिजेल गरी कुल तीन इन्जिन अप्सनमा उपलब्ध छ । जसको मूल्य ९ लाखदेखी १७ लाख भारुसम्म निर्धारण गरिएको छ । जुन यहि सेग्मेन्टका अन्य प्रतिस्पर्धी एमपीभीको तुलनमा एकदमै आकर्षक रहेको जनाइएको छ ।

सेल्टोसभन्दा २२५ एमएम लामो यसको ह्विबेश समेत सेल्टोसको तुलनामा १६० एमएम बढी रहेको छ । यो एमपीभी म्यानुअल र अटोमेटिक दुबै ट्रान्समिसनमा उपलब्ध हुनेछ । एसयुभीबाट प्रेरित डिजाइन भएको क्यारेन्समा ६ र ७ सिटको अप्सन दिइएको छ । जसमध्ये टप भेरियन्टको दोस्रो लहरमा क्याप्टेन सिट सहितको ६ सिट र अन्य भेरियन्टमा ७ सिट अप्सन दिएको हो ।

प्रिमियम, प्रेस्टिज, प्रेस्टिज प्लस, लक्जरी र लक्जरी प्लस गरी कुल ५ ट्रिममा उपलब्ध यसको सबै भेरियन्टको तीनवटै लहरमा एयर कोन भेन्ट र तेस्रो लहरमा सजिलै जान वन टच इलेक्ट्रिक एसिस्टेड टम्वर सिस्टम दिइएको छ । टप भेरियन्टमा भने क्लाइमेट कन्ट्रोल, कनेक्टेड कार टेकसहितको १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, किलेस गो, क्रुज कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस फोन चार्जिङ र रियर भ्यू क्यामेरा लगायत अन्य थुप्रै फिचर्स उपलब्ध गराइएको छ ।

सबै भेरियन्टमा ६ वटा एयरब्याग, एबिएस, इएससी, हिल स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम दिइएको छ ।

३ वटै इन्जिनमा ६ स्पिड म्यानुअल गियर बक्सलाई अनिबार्य गराइएको छ । साथै यसको टर्बो पेट्रोल र डिजेल इन्जिनमा भने अटोमेटिक गियर बक्सलाई अप्सनका रुपमा उपलब्ध गराइएको छ । यसको १.५ नेचुरल्ली एस्पिरिटेड पेट्रोल इन्जिनको पावर ११५ एचपी, १.४ टर्बो लिटरको पावर १४० एचपी र १.५ लिटर डिजेलको पावर ११५ एचपी रहेको छ । पेट्रोल इन्जिनले १६.५ किलोमिट र डिजेलले २१.५ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको छ ।

यो एमपीभीले बजारमा सुजुकी इर्टिगा र एक्सएल६ र महिन्द्रा मराजोसंग प्रतिस्पर्धा गर्नेछ । क्यारेन्सलाई अबको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध गराउने आधिकारिक बितरक कन्टिनेन्टल एसोसियट स्रोतले बताएको छ । नेपाल आउँदाको यसको सुरुवाती मूल्य ४५ लाख हाराहारी निर्धारण हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

२०२५ मोडल किया सेल्टोसको केही दिन पछि नेपालमा बिक्री सुरु हुने, यस्तो हुनेछ मूल्य र फिचर

२०२५ मोडल किया सेल्टोसको केही दिन पछि नेपालमा बिक्री सुरु हुने, यस्तो हुनेछ मूल्य र फिचर

कठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

प्युजो ब्रान्डले पहिलो पटक ल्याउदै एड्भेन्चर स्कुटर

प्युजो ब्रान्डले पहिलो पटक ल्याउदै एड्भेन्चर स्कुटर

अन्य सेगमेन्टका सवारी साधन करिव १०० वर्ष देखि नै उत्पादन गरिरहे पनि स्कुटर...

हेलो किया पिकान्टो २०२४, लुक र फिचरमा परिमार्जन सहित सार्वजनिक

हेलो किया पिकान्टो २०२४, लुक र फिचरमा परिमार्जन सहित सार्वजनिक

किया पिकान्टो नयाँ भर्सनमा सार्वजनिक भएको छ । कोरियामा सार्वजनिक गरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...