६ एयरब्याग, ६६ कनेक्टेड फिचर र ८ स्पिकर साउन्ड सिस्टम सहित यस्तो हुनेछ किया क्यारेन्स फिचर

किया क्यारेन्स भारतमा लन्चिङ भन्दा पहिला नै यसको ट्रिम विवरण र टेक्निकल स्पेसिफिकेसन्स सार्वजनिक भएको छ । उक्त कारको बुकिङ जनवरी १४, २०२२ बाट सुरु हुनेछ । सो कार प्रिमियम, प्रेस्टिज, प्रेस्टिज प्लस, लक्जरी र लक्जरी प्लस गरी ५ वटा ट्रिम लेभलमा उपलब्ध हुनेछ ।

यसका साथै कारमा पावरट्रेन र सिटिङको विकल्प पनि उपलब्ध हुनेछ । सबै ट्रिममा स्ट्यान्डर्डको रुपमा १० हाई सेफ्टी प्याकेज समावेश गरिएको छ ।

किया क्यारेन्सको फ्युचरिस्टिक र बोल्ड एक्सटेरियर सहितको इन्टेरियर ग्राहकको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।

किया क्यारेन्समा १०.२५ इन्चको एचडी टचस्क्रिन नेभिगेसनसहितको नेक्स्ट जेनेरेसन किया कनेक्ट, ८ स्पिकरसहितको बोस प्रिमियम साउन्ड सिस्टम, भाइरस र ब्याक्टेरिया संरक्षणसहितको स्मार्ट प्योर एयर प्युरिफायर, भेन्टिलेटेड फ्रन्ट सिट, एक टच इजी इलेक्ट्रिक टम्बलसहितको दोस्रो रो–सिट, वान टच इजी इलेक्ट्रिक टम्बलको साथै स्काइलाइट सनरुफ जस्ता इन–क्लास फिचर उपलब्ध रहेको छ ।

किया क्यारेन्समा तीन पावरट्रेन विकल्पहरू स्मार्टस्ट्रिम १.५ पेट्रोल, स्मार्टस्ट्रिम १.४ टी–जीडीआई पेट्रोल र १.५ सीआरडीआई भीजीटी डिजेलमा उपलब्ध हुनेछ । यसको साथै तीनवटा ट्रान्समिसन विकल्प ६एमटी, ७डीसीटी र ६एटी छनोटको विकल्प पनि हुनेछ । कारमा प्रिमियमदेखि लक्जरी ट्रिमसम्म सात सिटरको विकल्पमा उपलब्ध गराइनेछ भने लक्जरी प्लस ट्रिम ६ र ७ सिटर दुवै विकल्पमा उपलब्ध हुनेछ ।

किया कनेक्ट नेभिगेसन, रिमोट कन्ट्रोल, भेइकल म्यानेजमेन्ट, सेफ्टी र फिचर गरी ६६ कनेक्टेड फिचर समावेश गरिएको छ ।

सो फिचरहरुमा फाइनल डेस्टिनेसन गाइडेन्स, सर्भरमा आधारित रुटिङ गाइडेन्स, रिमोट सिट भेन्टिलेसन कन्ट्रोल, प्रो–एक्टिभ भेइकल स्टेटस अलर्ट आदि समावेश छन् । ओभर–द–एयर म्याप अपडेटको अतिरिक्त किया कारका ग्राहकहरूले ओभर–द–एयर सिस्टम अपडेट गरिएको छ । किया फिचरमा सफ्टवेयर अपग्रेडको कारण सर्भिस सेन्टरमा जाने झन्झट हट्नेछ ।

सो कार लन्चिङ पछि हुन्डाई अल्काजार, टाटा सफारी, मारुती सुजुकी एक्सएल६, टोयोटा इनोभा क्रिस्टा र महिन्द्रा मराजो जस्ता कारहरूसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

७ सिटर किया क्यारेन्सले मच्चायो सनसनी, ३६ महिनामा २ लाख युनिट बिक्री

७ सिटर किया क्यारेन्सले मच्चायो सनसनी, ३६ महिनामा २ लाख युनिट बिक्री

किया सेल्टोस र सोनेट पछि अब कियाको ७ सिटर फेमिली कार क्यारेन्सले बिक्रीमा...

हुन्डाई क्रेटा इलेक्ट्रिकसँग प्रतिस्पर्धा गर्न कियाले २०२५ सम्ममा सस्तो ई–कार ल्याउँदै

हुन्डाई क्रेटा इलेक्ट्रिकसँग प्रतिस्पर्धा गर्न कियाले २०२५ सम्ममा सस्तो ई–कार ल्याउँदै

सेल्टोस, कार्निभल र सोनेट जस्ता उत्कृष्ट कारको सफलता पछि कियाले अब आफ्नो...

कियाद्वारा कनेक्टेड कार बिक्री गर्दै डिजिटल मोबिलिटीमा नयाँ कीर्तिमान

कियाद्वारा कनेक्टेड कार बिक्री गर्दै डिजिटल मोबिलिटीमा नयाँ कीर्तिमान

किया इन्डियाले भारतीय अटोमोबाइल बजारमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...