फुल बडी प्रोटेक्सनका साथ उपलब्ध इलेक्ट्रिक स्कुटर कोमाकी भेनिस, यस्ता छन् मुख्य विशेषता

भारतमा कोमाकी रेन्जर मोटरसाइकलका साथै भेनिस इलेक्ट्रिक स्कुटर समेत केही दिन पहिले सार्वजनिक गरिएको छ । यसले १२५ सीसीको आईसीई इन्जिन स्कुटरले जस्तै पर्फमेन्स दिने दाबी गरिएको छ ।

भेनिस इलेक्ट्रिक स्कुटर एउटा स्टाइलिस स्कुटर हो, जुन रेट्रो लुकमा उपलब्ध छ भने यसको गुड राइडेबिलिटी, पावर, पर्फमेन्स र कम्फर्टले धेरैलाई लोभ्याउने कम्पनीको भनाइ छ ।

कोमाकी भेनिस इलेक्ट्रिक स्कुटरमा भएका मुख्य विशेषता यस्ता छन् :

यो इलेक्ट्रिक स्कुटर विभिन्न ९ आकर्षक कलरमा उपलब्ध हुनेछ ।

यसमा ७२ भोल्ट र ४० एएचको ब्याट्री प्याक छ ।

यो सबै उमेर समूहलाई लक्ष्यित गरी डिजाइन गरिएको छ ।

यसले सिंगल चार्जमा ९० देखि १२० किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने बताइएको छ भने लिथियम–आयोन ब्याट्री उपलब्ध छ ।

फुल चार्ज गर्दा यसले १ देखि १.५ युनिट मात्र विद्युत खपत गर्ने कम्पनीको भनाइ छ ।

यो इलेक्ट्रिक स्कुटरमा सेल्फ डायग्नोसिस सिस्टम, मोबाइल चार्जिङ प्वाइन्ट, रिभर्स असिस्ट, एडिसनल स्टोरेज बक्स र फुल बडी प्रोटेक्सन गियर रहेको छ ।

भारतीय बजारमा यो इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख १५ हजार भारु तोकिएको छ । हाल नेपाली बजारमा यो आउने सम्भावना तत्काल छैन । तर आधिकारिक वितरकको रुपमा कुनै आयातकर्ता नियुक्त भएमा नेपाल आउन पनि सक्छ ।

सम्बन्धित समाचारहरू

हर्विनले ल्यायो ३०० किमी रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

हर्विनले ल्यायो ३०० किमी रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

इलेक्ट्रिक सवारी निर्माता कम्पनी हर्विनले ईआईसीएमए २०२२ मा आफ्नो पहिलो...

सोलार रुफ भएको नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा, रेन्ज ३०० किलोमिटर

सोलार रुफ भएको नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा, रेन्ज ३०० किलोमिटर

नेपाली बजारमा पछिल्लो समय नयाँ इलेक्ट्रिक कार भित्रिएको छ । चीनमा उत्पादन...

प्रोटोन इमास ७ द्वारा २१ दिने नेपाल भ्रमण पूरा, मार्च २१ मा लन्च गरिने

प्रोटोन इमास ७ द्वारा २१ दिने नेपाल भ्रमण पूरा, मार्च २१ मा लन्च गरिने

काठमाडौं – जगदम्बा मोटर्सले प्रोटोन इमास ७ को सातवटै प्रदेशहरू पार गर्दै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...