फुल बडी प्रोटेक्सनका साथ उपलब्ध इलेक्ट्रिक स्कुटर कोमाकी भेनिस, यस्ता छन् मुख्य विशेषता

भारतमा कोमाकी रेन्जर मोटरसाइकलका साथै भेनिस इलेक्ट्रिक स्कुटर समेत केही दिन पहिले सार्वजनिक गरिएको छ । यसले १२५ सीसीको आईसीई इन्जिन स्कुटरले जस्तै पर्फमेन्स दिने दाबी गरिएको छ ।

भेनिस इलेक्ट्रिक स्कुटर एउटा स्टाइलिस स्कुटर हो, जुन रेट्रो लुकमा उपलब्ध छ भने यसको गुड राइडेबिलिटी, पावर, पर्फमेन्स र कम्फर्टले धेरैलाई लोभ्याउने कम्पनीको भनाइ छ ।

कोमाकी भेनिस इलेक्ट्रिक स्कुटरमा भएका मुख्य विशेषता यस्ता छन् :

यो इलेक्ट्रिक स्कुटर विभिन्न ९ आकर्षक कलरमा उपलब्ध हुनेछ ।

यसमा ७२ भोल्ट र ४० एएचको ब्याट्री प्याक छ ।

यो सबै उमेर समूहलाई लक्ष्यित गरी डिजाइन गरिएको छ ।

यसले सिंगल चार्जमा ९० देखि १२० किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने बताइएको छ भने लिथियम–आयोन ब्याट्री उपलब्ध छ ।

फुल चार्ज गर्दा यसले १ देखि १.५ युनिट मात्र विद्युत खपत गर्ने कम्पनीको भनाइ छ ।

यो इलेक्ट्रिक स्कुटरमा सेल्फ डायग्नोसिस सिस्टम, मोबाइल चार्जिङ प्वाइन्ट, रिभर्स असिस्ट, एडिसनल स्टोरेज बक्स र फुल बडी प्रोटेक्सन गियर रहेको छ ।

भारतीय बजारमा यो इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख १५ हजार भारु तोकिएको छ । हाल नेपाली बजारमा यो आउने सम्भावना तत्काल छैन । तर आधिकारिक वितरकको रुपमा कुनै आयातकर्ता नियुक्त भएमा नेपाल आउन पनि सक्छ ।

सम्बन्धित समाचारहरू

नेपालगन्ज पुग्यो भूभागको विषमता र उत्सर्जनको समस्यालाई जित्ने फोटोनको माउन्टेन ईभी भ्यान

नेपालगन्ज पुग्यो भूभागको विषमता र उत्सर्जनको समस्यालाई जित्ने फोटोनको माउन्टेन ईभी भ्यान

नेपालगन्ज- गत पुस १४ मा फोटोन नेपालले नेपालगन्जको सिद्धार्थ कटेज...

२ नयाँ इलेक्ट्रिक कार यसै महिना नेपाल आउने तयारीमा, यस्तो छ रेन्ज र फिचर्स

२ नयाँ इलेक्ट्रिक कार यसै महिना नेपाल आउने तयारीमा, यस्तो छ रेन्ज र फिचर्स

यो महिना २ नयाँ इलेक्ट्रिक कार नेपाल भित्रिने तयारीमा रहेका छन् । केही...

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

पोखरा – पोखरामा बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रालि र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...