फरक पहिचानका साथ नयाँ ब्रान्ड कीवेका स्ट्रिट र क्रुजर बाइक भित्रिए नेपालमा

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको रुपमा कीवेका दुई मोडल भित्रिएका छन् । बेनेलीसँगको सहकार्यमा बाइक उत्पादन गर्दै आएको कीवे ब्रान्डका बाइक समेत नेपाली बजारमा केटीएम इन्टरनेसनलले बिक्री गर्नेछ । केटीएम इन्टरनेसनलले बेनेलीका बाइक समेत नेपाली बजारमा बिक्री गरिरहेको छ ।

कीवेका दुई मोडल के–लाइट २०२ र पेन्टागोनियन इगल २५० गरी दुई मोडल भित्रिएका हुन् । के–लाइट २०२ बाइक प्योर एड्रेनालाइन लुक, ब्रिलियन्ट इन्जिनियरिङ र आई–पपिङ पर्फमेन्समा आधारित छ । यसमा १९७ सीसीको टु भल्व इन्जिन छ, जसले १२.७ बीएचपी पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । राइडिङमा रिल्याक्स एक्सपेरियन्स लिन यो बाइक निकै नै उपयोगी छ ।

त्यसैगरी अर्को बाइक पेन्टागोनियन इगलमा २५० सीसीको आयलकुल्ड प्यारालल ट्विन इन्जिन छ, जसले १७ एचपी पावर जेनेरेट गर्छ । कम्फर्टेबल सिट र पछिल्लो भागमा बस्ने राइडरका लागि समेत ब्याकरेस्टको व्यवस्था भएकाले यो बाइक निकै नै सुविधाजनक छ ।

दुवै बाइकमा ५–स्पिड गियरबक्स उपलब्ध छ । के–लाइट २०२ स्ट्रिट बाइक हो । यसको मूल्य ४ लाख ७ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी पेन्टागोनियन इगल क्रुजर बाइक हो । यसको मूल्य ४ लाख ५४ हजार रुपैयाँ तोकिएको छ ।

सन् १९९९ मा हंगेरीमा स्थापना भएको कीवेले युरोपेली बजारमा विशेष पकड कायम गरेको छ । पछि इटालियन कम्पनी बेनेलीसँग प्रविधि र डिजाइनका लागि सहकार्य गरे पश्चात यसको व्यापार झनै राम्रो भयो । सन् २०१३ पश्चात कीवे र बेनेलीले विश्वका ८० भन्दा बढी देशमा लोकप्रिय मोटरसाइकल ब्रान्डको रुपमा आफ्नो पहिचान कायम गरेका छन् ।

सम्बन्धित समाचारहरू

मूल्य कम गर्न रोयल इन्फिल्डले इन्ट्रि–लेभलको नयाँ बाइक ल्याउने

मूल्य कम गर्न रोयल इन्फिल्डले इन्ट्रि–लेभलको नयाँ बाइक ल्याउने

पछिल्लो केही बर्षयता भारतमा मोटरसाइकलको उत्पादन लागत बढिरहेका कारण रोयल...

६५० सीसीमा नयाँ स्क्र्याम्बलर बाइक ल्याउँदै रोयल इन्फिल्ड

६५० सीसीमा नयाँ स्क्र्याम्बलर बाइक ल्याउँदै रोयल इन्फिल्ड

रोयल इन्फिल्डले अब नयाँ मोटरसाइकल इन्टरसेप्टर बियर ६५० लन्च गर्ने तयारी...

२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो, केही मूल्य घट्ने

२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो, केही मूल्य घट्ने

काठमाडौं – सरकारले हिजो प्रस्तुत गरेको बजेटमार्फत २५० देखि ४०० सीसी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...