फरक पहिचानका साथ नयाँ ब्रान्ड कीवेका स्ट्रिट र क्रुजर बाइक भित्रिए नेपालमा

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको रुपमा कीवेका दुई मोडल भित्रिएका छन् । बेनेलीसँगको सहकार्यमा बाइक उत्पादन गर्दै आएको कीवे ब्रान्डका बाइक समेत नेपाली बजारमा केटीएम इन्टरनेसनलले बिक्री गर्नेछ । केटीएम इन्टरनेसनलले बेनेलीका बाइक समेत नेपाली बजारमा बिक्री गरिरहेको छ ।

कीवेका दुई मोडल के–लाइट २०२ र पेन्टागोनियन इगल २५० गरी दुई मोडल भित्रिएका हुन् । के–लाइट २०२ बाइक प्योर एड्रेनालाइन लुक, ब्रिलियन्ट इन्जिनियरिङ र आई–पपिङ पर्फमेन्समा आधारित छ । यसमा १९७ सीसीको टु भल्व इन्जिन छ, जसले १२.७ बीएचपी पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । राइडिङमा रिल्याक्स एक्सपेरियन्स लिन यो बाइक निकै नै उपयोगी छ ।

त्यसैगरी अर्को बाइक पेन्टागोनियन इगलमा २५० सीसीको आयलकुल्ड प्यारालल ट्विन इन्जिन छ, जसले १७ एचपी पावर जेनेरेट गर्छ । कम्फर्टेबल सिट र पछिल्लो भागमा बस्ने राइडरका लागि समेत ब्याकरेस्टको व्यवस्था भएकाले यो बाइक निकै नै सुविधाजनक छ ।

दुवै बाइकमा ५–स्पिड गियरबक्स उपलब्ध छ । के–लाइट २०२ स्ट्रिट बाइक हो । यसको मूल्य ४ लाख ७ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी पेन्टागोनियन इगल क्रुजर बाइक हो । यसको मूल्य ४ लाख ५४ हजार रुपैयाँ तोकिएको छ ।

सन् १९९९ मा हंगेरीमा स्थापना भएको कीवेले युरोपेली बजारमा विशेष पकड कायम गरेको छ । पछि इटालियन कम्पनी बेनेलीसँग प्रविधि र डिजाइनका लागि सहकार्य गरे पश्चात यसको व्यापार झनै राम्रो भयो । सन् २०१३ पश्चात कीवे र बेनेलीले विश्वका ८० भन्दा बढी देशमा लोकप्रिय मोटरसाइकल ब्रान्डको रुपमा आफ्नो पहिचान कायम गरेका छन् ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड बाइकको मूल्यमा भारी गिरावट : एक महिना नपुग्दै मूल्य परिमार्जन

रोयल इन्फिल्ड बाइकको मूल्यमा भारी गिरावट : एक महिना नपुग्दै मूल्य परिमार्जन

नेपाली बजारमा उपलब्ध रोयल इन्फिल्ड मोटरसाइकलको मूल्यमा भारी मात्रामा कमी...

रोयल इन्फिल्डले लन्च गर्दैछ नयाँ ५ बाइक

रोयल इन्फिल्डले लन्च गर्दैछ नयाँ ५ बाइक

रोयल इन्फिल्ड भिारतीय र नेपाली बजारमा निकै लोकप्रिय टु ह्विलर मध्ये एक हो ।...

निषेधाज्ञा बन्यो खुकुलो : नयाँ खेलाडी बन्दै छन् नेपाली बजारमा यी नयाँ बाइक र स्कुटर

निषेधाज्ञा बन्यो खुकुलो : नयाँ खेलाडी बन्दै छन् नेपाली बजारमा यी नयाँ बाइक र स्कुटर

काठमाडौं – आज देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...