कारको साँचोसँगै अन्य साँचाे किन साथै राख्नु हुँदैन ?

कारसँग भावनात्मक सम्बन्ध जोडिने भएकाले धेरैजसो चालकले कारको साँचोसँग घर, कार्यालय वा अन्य स्थानका साँचोहरू एउटै झुप्पाेमा राख्ने गर्छन् । तर विज्ञहरूका अनुसार यस्तो बानीले कारको इग्निसन सिस्टममा दीर्घकालीन असर पार्न सक्छ र केही अवस्थामा सुरक्षासम्बन्धी जोखिमसमेत निम्त्याउन सक्छ।

रिपोर्टका अनुसार कारको इग्निसन सिलिन्डर अत्यधिक तौल सहन सक्ने गरी डिजाइन गरिएको हुँदैन। जब चालकले कारको साँचोसँगै धेरै अन्य साँचोहरू एकै साथ झुण्ड्याउँछ, त्यसको अतिरिक्त तौलले इग्निसन सिस्टममा निरन्तर दबाब सिर्जना गर्छ। गाडी चलाउँदा सडकका झट्का र मोडका कारण साँचो हल्लिरहने भएकाले इग्निसन सिलिन्डरभित्रका संवेदनशील भागहरू बिस्तारै घिसिन थाल्छ र समयसँगै सिस्टममा खराबी आउन सक्छ।

रिपोर्टका अनुसार कारको मुख्य साँचोसँग अधिकतम ५ वा ६ वटा साँचो मात्र राख्नु उपयुक्त हुन्छ। अझ राम्रो उपाय भनेको कारको साँचोलाई अन्य साँचोबाट छुट्टै राख्नु हो। यसरी प्रयोग गर्दा इग्निसन सिस्टममा अनावश्यक दबाब पर्दैन ।

पुश-बटन स्टार्ट सिस्टम भएका आधुनिक कारमा भने यस्ता समस्या तुलनात्मक रूपमा कम देखिन्छ, किनभने ती कारमा साँचो इग्निसन सिलिन्डरमा घुसाउनुपर्ने आवश्यकता हुँदैन। तथापि, एउटै साँचोको गुच्छामा धेरै इलेक्ट्रिक साँचो वा की-फोब राख्नु पनि उपयुक्त मानिँदैन। विभिन्न इलेक्ट्रिक साँचोबाट निस्कने रेडियो तरङ्गहरूले एकअर्कामा हस्तक्षेप गर्न सक्ने भएकाले कहिलेकाहीँ गाडी स्टार्ट गर्न समस्या आउन सक्छ।

इग्निसन सिस्टममा खराबी आउन थालेको लक्षण पनि समयमै पहिचान गर्न सकिन्छ। यदि साँचो घुमाउन गाह्रो हुने, साँचो इग्निसनमा अड्किने, साँचो घुमाउँदा पनि इन्जिन सुरु नहुने, गाडी स्टार्ट भएर तुरुन्तै बन्द हुने वा चलिरहेको अवस्थामा अचानक इन्जिन बन्द हुने जस्ता समस्या देखिएमा इग्निसन सिस्टम जाँच गराउनु पर्छ ।

सम्बन्धित समाचारहरू

देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, टाटाका नक्कली पार्ट्स विक्रेतालाई गराइयो सचेत

देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, टाटाका नक्कली पार्ट्स विक्रेतालाई गराइयो सचेत

काठमाडौं – विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु...

खल्तीबाट बसको टिकट काट्दा दुई जनालाई स्मार्टफोन

खल्तीबाट बसको टिकट काट्दा दुई जनालाई स्मार्टफोन

काठमाडौं – चाडपर्वको अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि...

वाइपर ब्लेडको छनोटमा ध्यान दिनु पर्ने ५ कुरा

वाइपर ब्लेडको छनोटमा ध्यान दिनु पर्ने ५ कुरा

कारको वाइपर विशेषगरी वर्षायाममा निकै उपयोगी पार्ट्स हो । कारको वाइपर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...