एक्सपल्स २०० संग प्रतिस्पर्धा गर्न कवासाकीले नयाँ बाइक ल्याउँदै

कावासाकीले भारतीय बजारमा नयाँ डुअल–स्पोर्ट बाइक ल्याउने भएको छ । हिरो एक्सपल्स २०० संग प्रतिस्पर्धा गर्न उसले केएलएक्स २३० एस मोडल ल्याउन लागेको हो । उक्त बाइकलाई अहिले कवासाकीले भर्सिस एक्स ३०० संगै रोड टेष्ट गरिरहेको छ ।

केएलएक्स २३० एसलाई कावासाकीले अहिले विश्वका विभिन्न देशमा बिक्री गर्दै आएकोमा यसको भारतीय संस्करणमा भने केही परिमार्जन हुने अनुमान गरिएको छ ।

सो बाइकको अगाडि लामो ट्राभल फोर्क र पछाडि मोनो–शक सस्पेन्स जडान गरिएको छ । साथै यो स्टिल पेरिमिटर फ्रेममा आधारित छ । बाइकको अगाडि र पछाडि क्रमशः २१ इन्च र १८ इन्चको वायर–स्पोक ह्वील दिइएको छ । २१० एमएम ग्राउन्ड क्लिरियन्स भएको उक्त बाइकको सिट हाएट ८३० एमएम छ ।

केएलएक्स २३० एसमा २३३ सिसी क्षमतको सिंगल सिलिन्डर जडान गरिएको छ । उक्त इन्जिनले ८००० आरपिएममा १९ बिएचपी पावर र ६००० आरपिएममा २०.६ एनएम टर्क जनेरेट गर्दछ । भारतमा उत्पादन हुने यो बाइकको अनुमानित मूल्य र अन्य फिचरहरु भने बाहिर ल्याइएको छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...