इन्धन र व्याट्री दुबैबाट चल्ने हाइब्रिड बाइक ल्याउँदै कावासाकी

हाइब्रिड कारपछि अब हाइब्रिड दुईपाङ्ग्रे सवारीको पनि चर्चा हुन थालेको छ । जापानी बाइक निर्माता कम्पनी कावासाकीले इन्धनसँगै ब्याट्रीमा चल्ने बाइक तयार गर्दैछ । कम्पनीले हालै इन्टरनेसनल लेभलमा जेड७ हाइब्रिड बाइक प्रस्तुत गरेको छ । यसको लागि कम्पनीले एडभेन्चर बाइक कावासाकी भर्सिसको हाइब्रिड भर्सनमा पनि काम गरिरहेको छ ।

कावासाकी भर्सिस हाइब्रिडको डिजाइन मिडियामा लिक भएको छ । लिक भएको डिजाइन अनुसार सो बाइकमा भर्सिस हाइब्रिडको जेड८ हाइब्रिड जस्तै पावरट्रेन दिइनेछ । सो हाइब्रिड बाइकमा ४५१ सीसी प्यारलल ट्विन इन्जिनसहितको इलेक्ट्रिक पावरट्रेन हुनेछ, जसमा ९ किलोवाट इलेक्ट्रिक मोटर र १.४ किलोवाटको ब्याट्रीसँग जोडिनेछ ।

कावासाकीले सो हाइब्रिड बाइकलाई पेट्रोल सकिएपछि इलेक्ट्रिक पावरट्रेनमा चल्ने गरी डिजाइन गरेको छ । यसमा पेट्रोलबाट हाइब्रिड र हाइब्रिडबाट पेट्रोलमा स्विच गर्न सकिनेछ । बाइकको ४५१ सीसी हाइब्रिड इन्जिनले ६९ बीएचपीको पावर जेनेरेट गर्न सक्छ ।

कम्पनीले यस बाइकमा फुल एलईडी हेडलाइट, डिजिटल डिस्प्ले, अटोमेटिक गियरसिफ्ट र नेभिगेसन जस्ता फिचर समावेश गरेको छ । कावासाकी भर्सिस हाइब्रिड बाइक सुरुवाती अवस्थामा छ । सो बाइक ग्लोबल स्तरमा लन्च हुन अझै समय लाग्नेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...