बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानीय निकाय तथा विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमा टल्कने ट्राफिक कोन राखेको छ ।
महाशाखाले काठमाडौ उपत्यकाको चक्रपथ तथा चक्रपथ बाहिर २६ स्थान र चक्रपथ भित्र ८ स्थान गरि बढी दुर्घटना हुने ३३ स्थानहरु समेत पहिचान गरेको छ । बढी दुर्घटना हुने ती स्थानहरुमा विशेषगरी रातको समयमा सडक बत्ती नहुँदा अध्यारोको कारण जेब्रा क्रसिङ तथा जथाभावी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको पाइएपछि यसरी हुने सडक दुर्घटना कम गर्न महाशाखाले निरन्तर अभियानहरू चलाइरहेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले तीव्र गतिका कारण हुने दुर्घटना न्यूनीकरण गर्न बढी दुर्घटना जोखिम रहेको स्थानहरुमा रातको समयमा समेत टल्किने ट्राफिक कोनद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको जानकारी दिए । यस्ता कोनहरू उपत्यकाको विभिन्न सडक खण्डमा ४३० थान राखिएको उनले बताए ।
एयरपोर्ट नयाँ गेट, कार्गो, तिलगंगा, बालकुमारी, भाटभटेनी ओरालो, बल्खु चोक, सिता पम्प, खसिबजार, सितापाईला उकालो, वाफल, सानो भ¥याङ, वनस्थली, बबरमहल लगायतका सडक खण्डमा ट्राफिक कोनहरू राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।
यस अघि पनि महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी पौष १३ गते बालकुमारी देखि सानेपासम्मका बिभिन्न १३ स्थानमा २०० थान सफ्ट पीभीसी ट्राफिक कोन राखेको थियो । ती स्थानहरुमा ट्राफिक कोन राख्नुभन्दा १५ दिन अगाडि ४७ वटा दुर्घटनामा परि ३ जनाको मृत्यु र ३१ जना घाइते भएकोमा ट्राफिक कोन र सडक बत्ती जडान पश्चात त्यस क्षेत्रमा २९ वटा दुर्घटनामा १४ जना मानिस घाइते भएको महाशाखाले जनाएको छ ।
महाशाखाले त्यस क्षेत्रमा भएका सवारी दुर्घटनाको विश्लेषण गरी दुर्घटनामा उल्लेख्य कमी आएको जनाउँदै यस प्रकारको अपरेसन कार्यलाई थप निरन्तरता दिदै अन्य दुर्घटना सम्भावित सडकहरुमा समेत राख्दै जाने योजना रहेको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...