बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाल सुपर लिगका लागि काठमाडौं रेजर्स फुटबल क्लबले विकेश कुथु र बालगोपाल महर्जनलाई मार्की प्लेयर र कोचका रुपमा सार्वजनिक गरेको छ ।
केही सातामा सुरु हुने नेपाल सुपर लिगको पहिलो संस्करणमा उनीहरु सहभागी हुने छन् । त्यसैगरी टिमको कार्यकारी अध्यक्षमा विज्ञानराज शर्मा नियुक्त भएका छन् ।
काठमाडौं रेजर्स क्लब नेपाल सुपर लिगका सात टिम मध्ये एक हुनेछ । सो क्लबमा यामाहा नेपालको स्वामित्व रहेको छ । यामाहाको चर्चित स्कुटर रे जेडआर १२५ एफआईबाट यसको नाम निर्धारण गरिएको बताइएको छ । यो स्पोर्टी लुक्स र पर्फमेन्सका कारण ग्राहकबीच लोकप्रिय बनेको स्कुटर हो ।
सुपर लिगमा सहभागी भएर खेल क्षेत्रमा अनवरत लागिरहेको एमएडब्ल्यु ग्रुप र यामाहा नेपालले नयाँ दिशामा पाइला अगाडि बढाएको बताएको छ ।
बिहीबार आयोजित एक कार्यक्रममा एमएडब्ल्यु ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नेपाली फुटबलको विकास र विस्तारमा यामाहा नेपालको विगत लामो समय देखि साथ रहेको बताउँदै नेपाल सुपर लिग फुटबल खेलको विकासका लागि नयाँ कन्सेप्टको रुपमा आएको र यसले खेल तथा खेलाडीहरुमा थप अवसरको विकास गर्ने बताए ।
यामाहाले काठमाडौं रेजर्सलाई अगाडि ल्याएर फुटबलको महामेलामा सहभागी हुन लागेको उनले बताए । क्लबको मार्की प्लेयरका रुपमा विकेश कुथु र कोचका रुपमा बालगोपाल महर्जनलाई पाउनु क्लबका लागि समेत असाधारण भएको उनले बताए ।
सो अवसरमा क्लबका अध्यक्ष विज्ञानराज शर्मा, कोच बालगोपाल महर्जन र मार्की प्लेयर विकेश कुथुले समेत आफ्नो धारणा राखेका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...