मुक्तिनाथ पुग्यो ट्रान्स हिमालय एड्भेन्चरको टोली, पोखरा फर्किदै
ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक...
काठमाडौं– नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) र महिला मोटरसाइकल चालकहरुको अन्तराष्ट्रिय महासंघको नेपाल च्याप्टर विमा नेपालले उपत्यका पर्यटन कार्यालय, बागमति प्रदेश सरकारसँग मिलेर काठमाडौं देखि नमोबुद्ध टुरिङ्ग -याली शनिवार साझँ सफलता पूर्वक सम्पन्न गरेको छ ।
सय भन्दा वढिको सहभागिता रहेको उक्त कार्यक्रमलाई बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उपत्यका पर्यटन कार्यालय, सानो हातिवन, ललितपुरबाट सुभारम्भ गरेका थिए ।
मोटरसाइकल, मोटरिष्ट र युवालाई आन्तरिक पर्यटनसँग जोडन आवश्यक साथ र सहोयोग गर्न बागमति प्रदेश सरकार, पर्यटन तथा सहकारी मन्त्रालय तयार रहेको मन्त्री पुकार महर्जनले प्रतिबद्दता जनाएका थिए ।
‘टुरिजम एण्ड ग्रिन इन्भेष्टमेन्ट’ भन्ने मुल नारा रहेको यसपालिको ४४औं विश्व पर्यटन दिवस २०२३ मा गरिएको -यालीमा इलेक्ट्रिक स्कुटर, बाइक, स्कुटर तथा विशेष क्षमताका व्यक्तिले चलाउने ३ पांग्रे स्कुटरको समेत उल्लेखनिय सहभागिता रहेको थियो ।
बागमती प्रदेशमा अनगिन्ती पर्यटकिय स्थल रहेको र -याली जस्ता कार्यक्रमले विभिन्न पर्यटकिय स्थानको पहिचान, प्रर्वधन र प्रोत्साहन गर्न सघाउने उपत्यका पर्यटन कार्यालयका प्रमुख राजन पोखरेलले जानकारी गराएका थिए ।
ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक...
काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ विजेताहरुलाई एक विशेष...
अटोमोबाइल रेसिङ सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फेडरेसन इन्टरनेसनल डेल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...