काठमाडौं–नमोबुद्ध टुरिङ -याली सम्पन्न

काठमाडौं– नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) र महिला मोटरसाइकल चालकहरुको अन्तराष्ट्रिय महासंघको नेपाल च्याप्टर विमा नेपालले उपत्यका पर्यटन कार्यालय, बागमति प्रदेश सरकारसँग मिलेर काठमाडौं देखि नमोबुद्ध टुरिङ्ग -याली शनिवार साझँ सफलता पूर्वक सम्पन्न गरेको छ ।

सय भन्दा वढिको सहभागिता रहेको उक्त कार्यक्रमलाई बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उपत्यका पर्यटन कार्यालय, सानो हातिवन, ललितपुरबाट सुभारम्भ गरेका थिए ।

मोटरसाइकल, मोटरिष्ट र युवालाई आन्तरिक पर्यटनसँग जोडन आवश्यक साथ र सहोयोग गर्न बागमति प्रदेश सरकार, पर्यटन तथा सहकारी मन्त्रालय तयार रहेको मन्त्री पुकार महर्जनले प्रतिबद्दता जनाएका थिए ।

‘टुरिजम एण्ड ग्रिन इन्भेष्टमेन्ट’ भन्ने मुल नारा रहेको यसपालिको ४४औं विश्व पर्यटन दिवस २०२३ मा गरिएको -यालीमा इलेक्ट्रिक स्कुटर, बाइक, स्कुटर तथा विशेष क्षमताका व्यक्तिले चलाउने ३ पांग्रे स्कुटरको समेत उल्लेखनिय सहभागिता रहेको थियो ।

बागमती प्रदेशमा अनगिन्ती पर्यटकिय स्थल रहेको र -याली जस्ता कार्यक्रमले विभिन्न पर्यटकिय स्थानको पहिचान, प्रर्वधन र प्रोत्साहन गर्न सघाउने उपत्यका पर्यटन कार्यालयका प्रमुख राजन पोखरेलले जानकारी गराएका थिए ।

सम्बन्धित समाचारहरू

अटोमोबाइल क्षेत्रको इनोभेसनका लागि मोटरिङ एकेडेमी, यस्ता हुनेछन् कार्य

अटोमोबाइल क्षेत्रको इनोभेसनका लागि मोटरिङ एकेडेमी, यस्ता हुनेछन् कार्य

काठमाडौं – अटोमोबाइल, दिगो सडक तथा सुरक्षित यातायातको क्षेत्रमा अध्ययन,...

नवनिर्वाचित सांसदहरुलाई नासा नेपालको बधाई, सडक सुरक्षा र साहसिक खेलकुदप्रति प्रतिबद्धता

नवनिर्वाचित सांसदहरुलाई नासा नेपालको बधाई, सडक सुरक्षा र साहसिक खेलकुदप्रति प्रतिबद्धता

काठमाडौँ – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले प्रतिनिधि सभाका...

MOSROS ललितपुर–चन्द्रागिरी सम्पदा कार -याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुने

MOSROS ललितपुर–चन्द्रागिरी सम्पदा कार -याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुने

काठमाडौं – नेपाल मोटर स्पोट्र्स एन्ड रोड सेफ्टी फेडरेसन (एनएमआरएफ) ले विश्व...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...