बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–शान्तिको सन्देश फैलाउने उद्देश्यसहित काठमाडौंदेखि लुम्बिनीसम्म ‘टुर डे लुम्बिनी ,पेडल फर पिस २०२६’ साइकल यात्रा सुरु भएको छ । मंगलबार राजधानीको स्वयम्भू नजिक रहेको आनन्दकुटी विद्यालयबाट यात्रा शुभारम्भ गरिएको हो ।
अभियानको प्रारम्भिक चरणमा ६० जना साइकल यात्री सहभागी भएका छन् भने लुम्बिनी पुग्दा सहभागी संख्या १०८ पुग्ने आयोजकले जनाएको छ । नेपालसहित विभिन्न देशबाट आएका युवा, साइकल यात्री, कर्पोरेट प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहने बताइएको छ ।
बिदाइ कार्यक्रममा नेपालका लागि श्रीलङ्काका राजदूत रुवन्थी डेल्पिटिया, बौद्ध धर्मगुरुहरू मैत्री महास्थबिर, धर्ममूर्ति महास्थबिर र पन्नमूर्ति महास्थबिरले सहभागीहरूलाई शुभकामना दिँदै यात्राको सफलताको कामना गरेका थिए ।

अभियानका संस्थापक मेघ आलेका अनुसार सन् २०१२ देखि सञ्चालन हुँदै आएको यो अभियानले शान्ति, सहअस्तित्व र सकारात्मक सामाजिक सन्देश प्रवाह गर्दै आएको छ । यस वर्षको यात्राको नेतृत्व विश्वप्रसिद्ध साइकल यात्री पुष्कर शाहले गरिरहेका छन् ।
लुम्बिनी, जहाँ भगवान् गौतम बुद्धको जन्म भएको मानिन्छ, त्यहाँ पुगेर विश्वभर शान्तिको सन्देश फैलाउने अभियानको मुख्य उद्देश्य रहेको छ । साथै, नेपाललाई अन्तर्राष्ट्रिय शान्तिको केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य पनि अभियानले बोकेको आयोजकको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...