हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि पूर्णरुपमा बन्द

मकवानपुर । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको कान्ति लोकपथ सडक आजदेखि पूर्णरुपमा बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथ मर्मत सम्भारका लागि आजदेखि चैत १० गतेसम्म दुईतर्फी आवागमन बन्द गरिएको छ ।

मकवानपुरको ठिङ्गन नजिकबाट ललितपुरतर्फको सडक मर्मत तथा कालोपत्रेका लागि कान्ति लोकपथ बन्द गरिएको बताइएको छ ।

कान्ति लोकपथ बन्द गरिएसँगै हेटौँडा–काठमाडौं चल्ने सुमो लगायतका साना सवारी साधनका लागि सिस्नेरी र चित्लाङ सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

प्रशासनले हेटौँडाबाट काठमाडौं जानका लागि हेटौँडा–भीम फेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट र काठमाडौंबाट हेटौँडा आउनका लागि थानकोट–चित्लाङ–मार्खु (कुलेखानी)–भीम फेदी रुट प्रयोग गर्न सकिने जनाएको छ ।

सम्बन्धित समाचारहरू

सडक सुरक्षामा बाल-उपेक्षा : अभिभावकीय लापरवाही र दायित्व

सडक सुरक्षामा बाल-उपेक्षा : अभिभावकीय लापरवाही र दायित्व

बालबालिकाको सुरक्षा र सही रेखदेख गर्नु अभिभावकत्वको सबैभन्दा ठूलो नैतिक,...

एकैदिन २ हजार ५५ जना ट्राफिक कारबाहीमा, २२ लाख ११ हजार राजस्व सङ्कलन

एकैदिन २ हजार ५५ जना ट्राफिक कारबाहीमा, २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ–बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको...

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौं – सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...