बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं- अटो व्यवसायीहरूको पाँच दशक पुरानो छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को निर्वाचन आगामी पुस २० र २१ गते तय भए संगै आगामी कार्यकालको नेतृत्व कसले गर्नेछ भन्ने बिषयमा अहिले निकै चर्चा र छलफल सुरु भएको देखिन्छ ।
पछिलो समयमा अध्यक्षका आकाँक्षीहरूको रुपमा सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्सका करण चौधरी र फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा बीच प्रतिस्पर्दा हुँने देखिएकोमा हाल वर्तमान कार्यसमितिका सदस्य प्रकाश कपुरीको उम्मेदवारी घोषणाले यो दौड त्रिपक्षीय हुँने देखिएको छ । यधपी करण चौधरी र आकाश गोल्छाले आधिकारिक रुपमा घोषणा भने गरेका थिएनन् ।
उम्मेदवारी घोषणाको अन्योललाई हटाउन करण चौधरीले पनि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । एक युवा अटो व्यवसायीको रुपमा परिचित चौधरीलाई सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ लगायतका व्यवसायीहरुको साथ रहेको देखिएको छ ।
उम्मेदवारी घोषणा गर्नु धेरै अगाडीनै निर्वाचनको लागि चाहिने आवश्यक गृहकार्य सुरु भैसकेको चौधरीले बताए। यधपी नाडाको भावी अध्यक्षको लागि सर्वसम्मतको प्रयास पनि जारी रहेको बताए । सर्वसम्मत नभए निर्वाचनको विकल्प नहुँने र सो भएमा आफुलाई नेपालभरीका व्यवसायीहरुको साथ रहेको हुनाले निर्वाचन पूर्ण रुपमा जित्ने विश्वास चौधरीले व्यक्त गरेका छन।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...