कबिरा मोबिलिटीले ल्यायो हाल सम्मकै सर्बाधिक ३४४ किमी रेन्ज दिने नयाँ इलेक्ट्रिक बाइक केएम५०००

कबिरा मोबिलिटीले नयाँ केएम५००० इलेक्ट्रिक क्रुजर बाइक ल्याएको छ । यो भारतको सबैभन्दा तीव्र र लामो रेन्जको इलेक्ट्रिक बाइक भएको दाबी गरिएको छ । कम्पनीले केएम५००० ले एक पटक चार्जमा ३४४ किलोमिटरको रेन्ज दिने दाबी गरेको छ । यसको टप स्पिड १८८ किमी प्रतिघण्टा छ । यसको डेलिभरी २०२४ देखि सुरु हुने कम्पनीले घोषणा गरेको छ ।

केएम५००० कबिरा मोबिलिटीको नयाँ फ्ल्यागसिप ई–बाइक हो । बाइकको डिजाइनको बारेमा अझै खुलाइएको छैन । सो इलेक्ट्रिक क्रुजर सिंगल सिटर हो र इलेक्ट्रिफाइड बबर स्टाइल सुविधा दिन्छ । यसमा प्रोजेक्टर हेडल्याम्पका साथै फुल एलईडी लाइटिङ पनि छ । बाइकको अगाडि र पछाडि चौडा टायर समावेश छ ।

कबिरा मोबिलिटीले डेल्टा ईभीसँगको सहकार्यमा इलेक्ट्रिक पावरट्रेन विकास गरेको छ । यो मोडल ११.६ केडब्ल्युएच एलएफपी ब्याट्री प्याकको साथमा उपलब्ध हुनेछ ।

केएम५००० मा टेलिमेटिक्स, कनेक्टिभिटी, ७ इन्चको टचस्क्रिन डिजिटल कन्सोलका साथै म्युजिक कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, साइड स्टेप, फास्ट चार्जिङ, पार्क असिस्ट, फल सेन्सर र एलिभेसन स्ट्याबिलाइजर तथा अन्य फिचर हुने दाबी गरिएको छ ।

केएम५००० मा फ्रन्टमा ट्विन डिस्क र रियरमा सिंगल डिस्क स्ट्यान्डर्डको रुपमा ड्युअल–च्यानल एबीएस हुनेछ । यो बाइकमा शोवा यूएसडी फ्रन्ट फोर्क्स र ग्यास चार्ज भएको नाइट्रोक्स रियर मोनोसक उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

पोखरा शोरुममा आईपुग्यो लीपमोटर बी१०, केहि दिनमै देशभर डेलिभरी गरिने

पोखरा शोरुममा आईपुग्यो लीपमोटर बी१०, केहि दिनमै देशभर डेलिभरी गरिने

काठमाडौं–लीपमोटरको वहुप्रतिक्षित बिद्युतीय एसयुभी बी१० कोरोला बार्डर...

४८० किमी रेन्ज दिने स्कोडाको नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक

४८० किमी रेन्ज दिने स्कोडाको नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक

स्कोडाले फ्रेस अल–इलेक्ट्रिक एसयूभी ‘इलरोक’ सार्वजनिक गरेको छ । सो...

यी स्थानमा बन्दै छ विद्युत प्राधिकरणको चार्जिङ स्टेशन : निर्माण कार्यमा तीव्रता

यी स्थानमा बन्दै छ विद्युत प्राधिकरणको चार्जिङ स्टेशन : निर्माण कार्यमा तीव्रता

काठमाडौं – नेपाल विद्युत प्रधिकरणले विद्युतीय सवारी चार्ज गर्न चार्जिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...