जुम्ला-जाजरकोट सुरुङ्गमार्ग निर्माण हुँदै

सुर्खेत - जुम्ला–जाजरकोट जोड्ने सुरुङ्गमार्ग निर्माण हुने भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीदेखि जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टाको जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्युआरडीसी) ले सूचना जारी गरिसकेको छ ।

सुरुङ्गमार्गको सम्भाव्यता अध्यायनका लागि सडक विभागले टेन्डर खोली सकेको र अध्यायन सकिएपछि सुरुङ्गमार्ग निर्माण अघि बढ्ने तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । ‘सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।’ उनले भने, ‘जुम्ला र जाजरकोट जोड्ने सबैभन्दा छोटो सुरुङ नै हुने भएकाले खन्ने कामलाई अध्ययन सकिने बित्तिकैअघि बढाइने छ ।’

जुम्लाको इमिल्चाघारीदेखि जाजरकोट साङ्टासम्मको लम्बाइ करिब १० किलोमिटर छ । सुरुङ निर्माणका लागि करिब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने तातोपानी गाउँपालिकाका अध्यक्ष न्यौपानेले जानकारी दिए । ‘हामीले सुरुङ्गमार्गको संम्भाव्यता अध्यायनका लागि विगतदेखि नै नेपाल सरकारसँग माग गर्दै आएका थियौं ।’ उनले भने, ‘सम्भाव्यता अध्यायनका लागि सडक विभागले सूचना नै जारी गरिसकेको छ ।’

जुम्लादेखि जाजरकोट जान हिडेर करिब १० घण्टा उकालो हिड्नु पर्छ । सुरुङमार्ग निर्माण भए ३० मिनेटमै जाजरकोट जान सकिने न्यौपानेले बताए । ‘यो सुरुङ्गमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्ला हुँदैँ रारा जोड्ने छोटो सर्किट हुनेछ ।’ उनले भने, ‘विगतदेखि माग गर्दै आएको हाम्रो माग पूरा हुने आशा गरेका छौं ।’ रासस 

सम्बन्धित समाचारहरू

थर्ड पार्टी इन्स्योरेन्स अर्थात तेस्रो पक्षीय मोटर बीमा भनेको के हो ? कसरी गरिन्छ ? फाइदा के ?

थर्ड पार्टी इन्स्योरेन्स अर्थात तेस्रो पक्षीय मोटर बीमा भनेको के हो ? कसरी गरिन्छ ? फाइदा के ?

नेपालमा वि.सं. २०६२ सालमा मोटर बीमादर सम्बन्धी निर्देशिका, २०६२ लागू गर्दै...

सरकारविरुद्ध टयाक्सी व्यवसायीको प्रदर्शन, विद्युतीय टयाक्सीमा भन्सार छुट हुनुपर्ने माग

सरकारविरुद्ध टयाक्सी व्यवसायीको प्रदर्शन, विद्युतीय टयाक्सीमा भन्सार छुट हुनुपर्ने माग

काठमाडौँ – टयाक्सी व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन सुरू गरेका छन् ।...

मापसे लगायत अन्य कारवाहीमा परेका चालकले अबदेखि अनलाइनबाटै सचेतना कक्षा लिन सक्ने

मापसे लगायत अन्य कारवाहीमा परेका चालकले अबदेखि अनलाइनबाटै सचेतना कक्षा लिन सक्ने

काठमाडौं – उपत्यका ट्राफिक कार्यलयले कारवाहीमा परेका सवारी चालकलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...