नयाँ बिद्युतिय कार ‘जेएमईभी जिएसई’ को बिक्री सुरु, यस्तो छ मुल्य र विशेषता

काठमाडौं–नेपाली बजारमा अर्को नयाँ चिनियाँ ईभी उपलब्ध भएको छ । चिनियाँ अटो निर्माता जिआङ्सी जाइलिङ ग्रुप(जेएमईभी)ले उत्पादन गरेको बिद्युतिय कार जिएसई लन्च भएको हो । जगदम्बा ग्रुप अन्तर्गतको शौर्य अटोमोबाइल्स प्रालिले यो नयाँ बिद्युतिय सेडान कारको मुल्य ५३ लाख ९९ हजार निर्धारण गरेर बिक्री सुरु गरेको हो ।

यो नयाँ बिद्युतिय कारमा ४९ किलोवाट आवरको ब्याट्री तथा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने दाबी गरिएको कारको ग्राउन्ड क्लिरियन्स १७० मिलिमिटर छ ।

जिएसईमा प्यानारोमिक मुनरुफ, १०.२५ र १२.३ इन्चको पानारोमिक एचडी ड्यूल स्क्रिन, ३६० डिग्री क्यामेरा, मिशेलिन टायर, सिल्भर हुक एलइडी हेडलाइट, कनेक्टेड इलेक्ट्रीक डोर ह्याण्डल, क्लोजअफ ग्रिल, एलइडी डेटाइम रनिङ लाइट जस्ता बिशेषता पाउन सकिन्छ ।

जेएमईभी सन् २०१५ मा स्थापना भएको चीनको उद्योग र सुचता प्रबिधी मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनी हो । हाल यो कम्पनीमा फ्रेन्च अटो निर्माता रेनोको ५० प्रतिशत हिस्सा रहेको छ । यो कम्पनीले उत्पादन गर्ने कार लक्जरी र पर्फमेन्सका लागी उत्कृष्ट मान्ने गरिन्छ ।

सम्बन्धित समाचारहरू

बजेटको फाइदा सबैभन्दा बढी हुन्डाई र टेस्लालाई, २० लाख हाराहारी मूल्य घट्ने अनुमान

बजेटको फाइदा सबैभन्दा बढी हुन्डाई र टेस्लालाई, २० लाख हाराहारी मूल्य घट्ने अनुमान

हालै सार्वजनिक गरिएको नयाँ बजेटले १०० किलोवाट देखि २०० किलोवाट सम्म...

पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने : यस्तो छ प्रक्रिया

पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने : यस्तो छ प्रक्रिया

काठमाडौं – पेट्रोलबाट चल्ने आफ्ना पुराना बाइक वा स्कुटरलाई केही घण्टामै...

चर्चामा १०० किलोवाट मोटरका दुई इलेक्ट्रिक कार, मूल्य लगभग समान

चर्चामा १०० किलोवाट मोटरका दुई इलेक्ट्रिक कार, मूल्य लगभग समान

मोटर क्षमताका आधारमा कर निर्धारण भएसँगै नेपालमा कम मोटर क्षमताका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...