रेन्ज रोभरका दुई फ्ल्यागशिप एसयूभी भारतमै बन्न सुरु, मूल्य ५६ लाख सम्मले घट्ने

काठमाडौं– बेलायतको विलासी कार उत्पादक ज्यागुअर ल्यान्ड रोभर (जेएलआर) ले आफ्नो फ्ल्यागशिप मोडल रेन्ज रोभर र रेन्ज रोभर स्पोर्टलाई भारतमै एसेम्वल गर्न सुरु गरेको छ । भारतमै एसेम्वल भएपछि यी एसयूभीको मूल्य उल्लेखनीय रूपमा घटाइएको छ ।

स्थानीय रूपमा एसेम्बल गरिएको रेन्ज रोभर ३.० लिटर पेट्रोल एलडब्ल्यूबी अटोबायोग्राफी र ३.० लिटर डिजेल एलडब्ल्यूबी एचएसई ट्रिममा उपलब्ध छ । जसको मूल्य क्रमशः २ करोड ६० लाख र २ करोड ३६ लाभ भारु तोकिएको छ । जुन आयतति कारको तुलनामा ५६ लाख भारुले सस्तो हो ।

यसैगरी डायनामिक एसई ट्रिममा उपलब्ध रेन्ज रोभर स्पोर्टको मूल्य १ करोड ४० लाख तोकिएको छ । जुन आयतित कारभन्दा २९ लाख भारुले सस्तो हो । जेआरएलले यसअघि पुणेस्थित प्लान्टमा रेन्ज रोभर इभोक, रेन्ज रोभर भेलार, ल्यान्ड रोभर डिस्कभरी स्पोर्ट र जगुआर एफ–पेस जस्ता मोडललाई एसेम्वल गर्दै आएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...