३० प्रतिशत डाउपेमेन्टमा इभोक इलेक्ट्रिक मोटरसाइकल, ब्याजदर १५.५ प्रतिशत
काठमाडौं– इभोक इलेक्ट्रिक मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक...
ब्रिटिश कार निर्माता कम्पनी ज्यागुअर ल्यान्डरोभरले सो कम्पनीको इलेक्ट्रिक गाडी ज्यागुअर आई–पेसमा प्रयोग भएका ब्याट्रीहरूको प्रयोग गरेर एक ठूलो इनर्जी स्टोरेज सिस्टम विकास गर्नका लागि वाइकिस इन्जिनियरिङसँग साझेदारी गरेको छ।
ज्यागुअर ल्यान्डरोभर (जेएलआर) ले सार्वजनिक गरेको विज्ञप्ति अनुसार वाइकिस इन्जिनियरिङको ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीईएसएस) ले पिक आवरको समयमा सिधै नेसनल ग्रिडमा पावर सप्लाई गर्न सक्छ । त्यसैगरी अफ–पिक आवरको समयमा भविष्यको प्रयोगका लागि सो ग्रिडबाट इनर्जी निकाल्न पनि सक्छ ।
कम्पनीका अनुसार प्रत्येक बीइएसएसले ३० सेकेन्ड लाइफका आई–पेस ब्याट्री प्रयोग गर्छन् र पूर्ण क्षमतामा २.५ मेगावाट आवर ऊर्जा भण्डारण गर्न सक्छन् । यसबाट एक दिनमा २५० घरलाई शक्ति प्रदान गर्न सक्छन् ।
६१० केजी तौल भएको भएको ब्याट्रीको भण्डारण क्षमता ९०.२ किलोवाट आवर छ र यसको रेन्ज लगभग ४८३ किलोमिटर रहेको छ। ज्यागुअर ल्यान्ड रोभरका अनुसार ब्याट्रीले आफ्नो मूल क्षमताको ७० देखि ८० प्रतिशत सम्म उपयोग गर्न सक्छ ।
बीईएसएका लागि आपूर्ति गरिएका ब्याट्रीहरू प्रोटोटाइप र इन्जिनियरिङ टेस्ट भेइकलबाट लिइएका हुन् । आगामी दिनमा यसले एउटा नयाँ सम्भावना भने देखाएको छ । भविष्यमा इलेक्ट्रिक कारमा प्रयोग हुने ब्याट्रीको व्यवस्थापन वारेमा बहस भइरहेको सन्दर्भमा यसले एउटा नयाँ सम्भावनाको ढोका खुला गरेको छ ।
काठमाडौं– इभोक इलेक्ट्रिक मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक...
अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई–ड्राइभ...
काठमाडौं–ग्यारो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक नेक्स्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...