नेपाली बजारमा प्रभाव वढाउँदै चिनियाँ ब्रान्ड, के होला भविष्य
पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने क्रम...
जेके टायरले बस, ट्रक, एलसीभी र प्यासेन्जर कारका लागि इलेक्ट्रिक स्मार्ट रेडियल टायर निर्माण गरेको छ । उक्त टायर रघुपति सिंघानिया सेन्टर अफ एक्सिलेन्समा इन–हाउस इन्जिनियरले डिजाइन र विकास गरेका हुन् ।
यी टायर इलेक्ट्रिक मोबिलिटीको अद्वितीय आवश्यकता पूरा गर्न डिजाइन गरिएको हो र अल्ट्रा–लो रोलिङ प्रतिरोध, सुधारिएको वेट एण्ड ड्राई ट्रयाक्शन, उच्च स्थायित्व र कम ऊर्जा खपत गर्छ ।
सो स्मार्ट टायर ई–ट्रक, ई–बस, ई–एलसीभी, ई–पीभी, ई–एसयूभी र ई–२ पाङ्ग्रे सवारी साधनको मागलाई पूरा गर्न डिजाइन गरिएको हो । कम्पनीले सबै वर्गका बस, ट्रक र एलसीभीका लागि १७.५ इन्च र २२.५ इन्चको ट्युबलेस साइजमा ईभी टायरको विकसित गरेको छ ।
हाल जेबीएस ई–बसलाई ईभी दायराका टायरहरू (२५५÷७०आर२२.५ र २९५÷८०आर२२.५) आपूर्ति भइरहेको छ । कम्पनीले आयोजना गरेको एक कार्यक्रममा सो टायर प्रदर्शनमा राखिएको थियो जहाँ जेके टायर एण्ड इन्डस्ट्रिजका प्राविधिक निर्देशक भिके मिश्रले यसबारे जानकारी दिएका थिए ।
यस वर्षको मार्च महिनामा जेके टायर एण्ड इन्डस्ट्रिज लिमिटेडले ४ पाङ्ग्रे सवारीका लागि भारतको पहिलो पञ्चर गार्ड टायर लन्च गरेको छ । जेके टायरले बजारमा उपलब्ध नयाँ जेनेरेसन कारका लागि पञ्चर गार्ड टायर प्रयोग गरी उद्योगमा क्रान्ति ल्याउने लक्ष्य राखेको छ ।
पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने क्रम...
सोनी ग्रुप कर्प र होन्डा मोटरको संयुक्त साझेदारीमा सन् २०२६ सम्ममा आफ्नो...
डिसेम्बर महिनामा सम्पन्न युरो एनक्याप क्र्यास टेस्टमा थप चार नयाँ चाइनिज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...