जिम्नी राइडरको जिम्नी रारा एड्भेन्चर सम्पन्न, राइडरले अनुभव गरे जिम्नीको अफरोडिङ क्षमता

नेपालका लागि सुजुकी ब्रान्डको चारपांग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले जिम्नी रारा एडभेन्चर, ‘अ राइड विथ अ कज’ सम्पन्न गरेको छ ।

जिम्नी मालिकहरूल जिम्नीको वास्तविक क्षमता पत्ता लगाउन सकुन् भन्ने उद्देश्यका साथ सो राइड सम्पन्न भएको कम्पनीले बताएको छ । गत बैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राइड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुदै सुर्खेतमा समापन भएको थियो ।

बुटवलबाट सुरु भएको रारा एडभेन्चर राइडमा मारुती सुजुकी इन्डिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले जिम्नीको ५ दशकभन्दा लामो बिरासत र यसको अफ रोडिङ क्षमताको बारे थप प्रकाश पार्नुको साथै विश्वभर नै जिम्नी एउटा लाइफ स्टाइल एसयूभीको रुपमा निकै लोकप्रिय भएको पनि बताए । ९० भन्दा धेरै देशहरुमा लन्च भएको जिम्नी ३० हजार भन्दा धेरै युनिट बिक्री भइसकेको पनि उनले बताए ।

सो राइडमा १० वटा जिम्नी गाडीले सहभागिता जनाएका थिए । राइडलाई अझै अर्थपूर्ण बनाउन कालिकोट क्षेत्रस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण पनि गरिएको थियो। १३५ भन्दा बढी विद्यार्थी अध्यनरत सो विद्यालयलाई कालिकोटमा एउटा सहयोग कार्यक्रम आयोजना गरी मुलपानी –८, कालिकोटका वडा अध्यक्ष लाल बहादुर बिष्टको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो।

राइडमा सहभागी एक जिम्नी ग्राहक शिव श्रेष्ठले आफ्नो अनुभव सुनाउदै भने, ‘रारा फेरि जाने एउटा इच्छा थियो । जिम्नी मैले यसको अफ रोडिङ क्षमताका कारण खरिद गरेको हुँ । यो राइडमा जिम्नीको क्षमता अनुभव गर्न पाएँ । यो कार्यक्रममा विभिन्न क्षेत्रका अरु जिम्नी राइडरहरु भेट्न पाएँ, एउटा परिवार जस्तो भयौ हामी । यो राइड अत्यन्त रमाइलो भयो र आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना होस् भनेर कामना पनि गर्दछु ।’

अर्का जिम्नी राइडर आदित्य थापाले पनि आफू सोलो राइड धेरै पटक गएको भए पनि यस पटक जिम्नी ओनरसँग जान पाउदा अझै रमाइलो भएको बताए । जिम्नी लिएर एक पटक कर्णाली जाने इच्छा भएको र सो राइड हने थाहा पाए पछि ‘ड्रिम कम ट्रयु’ फिल भयो । उनले यसरी संगठित र सुरक्षित तवरले आयोजना गरिदिएकोमा आयोजक टिमलाई धन्यवाद ज्ञापन समेत गरे ।

जिम्नी ग्राहक डा. मुकुन्द जोशीले जोडेका थिए । सो कार्यक्रमका वारेमा बोल्दै सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनका महाप्रबन्धक सिरज पन्तले जिम्नीको मुख्य विशेषता नै अफरोडिङ भएको बताउदै यो एउटा लाइफ स्टाइल एसयूभी भएको र यसले एडभेन्चर रोज्ने ग्राहकको माग पुरा गर्ने बताए ।

उनले जिम्नी ग्राहकहरुले आफ्नो जिम्नीको क्षमता महसुस गरुन् र आफ्नो अनुभव एक अर्कामा आदानप्रदान गरी एउटा कम्युनिटीको रुपमा आगाडि बढोस् भन्ने चाहना भएको बताउँदै उनले आगामी दिनमा जिम्नीको आफ्नै एडभेन्चर क्लब स्थापना गरी यस्तो कार्यक्रम भविष्यमा संचालन गर्ने बताए ।

यसको पहिलो संस्करण सफल भएको बताउँदै सबै जिम्नी ग्राहकलाई धन्यवाद समेत प्रदान गरे ।

सम्बन्धित समाचारहरू

मारुती सुजुकी नयाँ ब्रेजाको पहिलो टिजर बाहिरियो : जुन ३० को लन्च पहिले खुल्यो बुकिङ

मारुती सुजुकी नयाँ ब्रेजाको पहिलो टिजर बाहिरियो : जुन ३० को लन्च पहिले खुल्यो बुकिङ

मारुती सुजुकीले भारतीय बजारमा आगामी जुन ३० मा लन्च गर्ने तयारी गरिरहेको...

सुजुकीले स्लाइडिङ डोरको साथमा ल्यायो वागनआर स्माइल

सुजुकीले स्लाइडिङ डोरको साथमा ल्यायो वागनआर स्माइल

जापानी कार निर्माता कम्पनी सुजुकीले घरेलु बजारमा वागनआर स्माइल लन्च गरेको...

भारतमा बनेको सुजुकी फ्रङ्क्स जापानमा निर्यात सुरु

भारतमा बनेको सुजुकी फ्रङ्क्स जापानमा निर्यात सुरु

मारुती सुजुकीले मेड इन इन्डिया फ्रङ्क्सलाई जापानमा निर्यात गर्न सुरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...