अमेरिकी राजदूतले नेपालमा सार्वजनिक गरे जिप -यांगलर, सुरुवाती मूल्य २ करोड ६७ लाख

काठमाडौं – नेपाली बजारमा अमेरिकी ब्रान्ड जिपको महंगो एसयूभी -यांगलर भित्रिएको छ । बिहीबार एक कार्यक्रमका बीच अमेरिकी राजदूत -यान्डी बेरी र एमएडब्लु ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवालले सो एसयूभी नेपालमा सार्वजनिक गरे ।

नेपालमा एमएडब्लु अन्तर्गतको लाइफ अटोमोबाइल्सले जिप ब्रान्डका गाडी बिक्री–वितरण गर्छ । नेपाली बजारमा तीन विभिन्न भेरिएन्टमा जिप -यांगलर उपलब्ध हुनेछ । जिप -यांगलर अनलिमिटेड सहाराको मूल्य २ करोड ६७ लाख रुपैयाँ छ । त्यसैगरी -यांगलर रुबिकनको मूल्य २ करोड ६८ लाख र -यांगलर अनलिमिटेड रुबिकनको मूल्य २ करोड ७९ लाख रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा २ ढोका भएको र ४ ढोका भएको गरी दुई प्रकारको जिप -यांगलर उपलब्ध हुनेछ । यी गाडीमा ८–स्पिड अटोमेटिक सहित २.० लिटर टर्बो पेट्रोल इन्जिन छ । यी सबै गाडी ट्रायल–रेटेड हुन् र ४ वटा लो मोड तथा ७० भन्दा धेरै सेफ्टी फिचर सहित उपलब्ध छन् ।

जिप -यांगलरमा ७ स्लट फ्रन्ट ग्रिल, ह्विल आर्च, हेडल्याम्प, स्क्वायर टेललाइट, फोर फ्रेम रिमुभेबल डोर र रुफ तथा फल डाउन विन्डस्क्रिन उपलब्ध छ । यी सबैले जिप -यांगलरलाई आइकनिक बनाएको छ भने यसमा भएको फोर बाई फोर क्षमताले जिपलाई ‘अ लिजेन्ड फरएभर’ बनाएको कम्पनीको भनाइ छ । -यांगलर गाडी सिधै अमेरिकाबाट आयात भएको कम्पनीले जनाएको छ ।

जिप सन् १९४१ मा स्थापना भएको गाडी उत्पादक कम्पनी हो । अमेरिकी ब्रान्ड जिपका केही मोडल भारतको प्लान्टमा उत्पादन हुन्छन् भने केही सिधै अमेरिकाबाट आउने गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

स्कोडाको कुशाक ‘मोन्टे कार्लो’ एडिसन अब नेपाली बजारमा

स्कोडाको कुशाक ‘मोन्टे कार्लो’ एडिसन अब नेपाली बजारमा

काठमाडौँ -युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक...

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

स्कोडा अटोले इन्ट्री लेभल इलेक्ट्रिक कार एपिकको कन्सेप्ट मोडल ल्याएको छ ।...

चांगनको प्रिमियम पिकअप हन्टरको खुल्यो बुकिङ, पहिलो ३० ग्राहकका लागि ७५.५० लाख मूल्य

चांगनको प्रिमियम पिकअप हन्टरको खुल्यो बुकिङ, पहिलो ३० ग्राहकका लागि ७५.५० लाख मूल्य

काठमाडौं – चीनको अग्रणी अटोमोबाइल ब्रान्डले चांगन अटोले आफ्नो प्रिमियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...