जिपको फेसलिफ्ट मोडल -याङलर लन्च, महिन्द्रा फाइभ डोर थारसँग प्रतिस्पर्धा गर्ने

जिप इन्डियाले भारतमा आफ्नो लोकप्रिय अफ–रोडर एसयूभी जिप ¥याङलरको फेसलिफ्ट संस्करण लन्च गरेको छ । कम्पनीले गत वर्ष विश्व बजारमा ¥याङलरको फेसलिफ्ट मोडल लन्च गरिसकेको छ । अब कार एडीएएस जस्ता एड्भान्स सेफ्टी फिचरले सुसज्जित छ ।

जिप ¥याङलर २ भेरिएन्ट अनलिमिटेड र रुबिकनमा उपलब्ध छ । यसको मूल्य ६२ लाख ६५ हजार र टप मोडलको मूल्य ६६ लाख ६५ हजार भारु रहेको छ । हालको मोडलको तुलनामा यो कार अहिले ५ लाख भारु महँगो भएको छ ।

कम्पनीका अनुसार नयाँ ¥याङलर लन्च हुनुअघि १०० भन्दा बढी युनिटको बुकिङ प्राप्त गरिसकेको छ । भारतमा नयाँ ¥याङलरले ल्यान्डरोभर डिफेन्डर, नयाँ फाइभ डोर थार र फाइभ डोर गोर्खासँग प्रतिस्पर्धा गर्नेछ ।

जिप ¥याङलर फेसलिफ्ट मोडेलको फ्रन्टमा अल ब्ल्याक आउट ७ स्लेट रेडिएटर ग्रिल समावेश गरेको छ । कार सफ्ट–टप र हार्ड–टप विकल्पमा उपलब्ध छ । साइडमा नयाँ १७ र १८ इन्चको अलोय ह्विल प्रदान गरिएको छ । यसको रियर डिजाइनमा कुनै परिवर्तन गरिएको छैन ।

सो एसयूभीको ड्यासबोर्डको इन्टेरियर डिजाइन परिवर्तन गरिएको छ । यसको सेन्टरमा वायरलेस एन्ड्रोइड अटो र एपल कारप्ले सहितको १२.३ इन्चको टचस्क्रिन सबै भेरिएन्टमा प्रदान गरिएको छ । यसमा ६२ प्रसिद्ध ट्रेल अफ–रोड गाइड पनि छ ।

यसको एसी भेन्ट पनि पुनः डिजाइन गरिएको छ । यसका साथै कारमा वायरलेस फोन चार्जिङ, इन्स्ट्रयुमेन्ट क्लस्टरमा ७ इन्चको कलर डिस्प्ले, अल्पाइन सास्र्ड अडियो सिस्टम, १२–वे पावर एडजस्टेबल फ्रन्ट सिट र अटोमेटिक क्लाइमेट कन्ट्रोल सहितको ड्युअल जोन एसी जस्ता फिचर समावेश छ ।

भारतमा लन्च गरिएको जिप ¥याङलर २.० लिटर टर्बो–पेट्रोल इन्जिनले सुसज्जित छ । जसले ७० एचपीको पावर र ४०० एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसनका लागि इन्जिन ८ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स र जिपको सेलेक–ट्रयाक फुल–टाइम फोर डब्ल्युडी सिस्टम स्ट्यान्डर्ड रुपमा दिइएको छ ।

सेफ्टीका लागि कारमा छ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, इलेक्ट्रोनिक रोल मिटिगेसन, अटोमेटिक हेडल्याम्प, रियर सेन्सर र क्यामेरा समावेश छ ।

सम्बन्धित समाचारहरू

जिप कम्पास नयाँ अवतारमा आउँदै, नयाँ डिजाइन सार्वजनिक

जिप कम्पास नयाँ अवतारमा आउँदै, नयाँ डिजाइन सार्वजनिक

जिपले कम्पास एसयूभीको नयाँ डिजाइन सार्वजनिक गरेको छ । यसको नयाँ डिजाइन...

सार्वजनिक हुनुअघि विशेष मूल्यमा ७ सिटर जिप मेरिडियनको बुकिङ खुल्ला, टेस्ट ड्राइभ गर्न सकिने

सार्वजनिक हुनुअघि विशेष मूल्यमा ७ सिटर जिप मेरिडियनको बुकिङ खुल्ला, टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौं – अमेरिकी अटोमोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयुभी...

जीप मेरिडियनको फेसलिफ्ट भर्सन आउँदै, भारतमा परिक्षण सुरु

जीप मेरिडियनको फेसलिफ्ट भर्सन आउँदै, भारतमा परिक्षण सुरु

जीपले भारतमा मेरिडियनको फेसलिफ्ट लन्च गर्ने तयारी थालेको छ । यसै वर्षको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...