टाटा प्लेटफर्मममा बन्ने नयाँ जीप एसयूभी ५० देशमा निर्यात हुने

स्टेलान्टिसले टाटा मोटर्ससँगको साझेदारीलाई विश्वव्यापी बजारका लागि नयाँ जीप एसयूभी विकास गर्न प्रयोग गर्ने भएको छ । जसअन्तर्गत, २०२८ मा आउने नयाँ जीप एसयूभी टाटा मोटर्सको प्लेटफर्ममा आधारित हुनेछ । भारतमा उत्पादन हो सो एसयूभी ५० देशमा निर्यात गरिने जनाइएको छ ।

आगामी जीप मोडल स्थानीय साझेदारी र कम लागतको इन्जिनियरिङ इकोसिस्टम प्रयोग गरेर उत्पादन गरिने बताइएको छ । सो नयाँ मोडल एशियामा विकास गरिरहेको पाँच विश्वव्यापी उत्पादन मध्ये एक बन्ने अपेक्षा गरिएको छ ।

स्टेलान्टिसले भारतीय बजार र निर्यातका लागि आफ्नो ज्वाइन्ट भेन्चर मार्फत उत्पादन, प्रविधि र सोर्सिङ सिनर्जीलाई लाभान्वित गर्ने लक्ष्य राखेको छ । कम्पनीले पहिले नै रंजनगाउँ प्लान्टमा इन्जिन उत्पादन गर्न टाटा मोटर्ससँग सम्झौता गरिसकेको छ ।

टाटाको आपूर्ति शृङ्खला र उत्पादन स्केलमा पहुँच प्राप्त गरेर स्टेलान्टिसले भारत जस्तो मूल्य संवेदनशील बजारमा आफ्नो पकड विस्तार गर्ने लक्ष्य लिएको छ । जसअनुरुप यी दुई अटो जायत्टले विभिन्न परियोजनामा साझेदारी गर्दै आएका छन् ।

हाल, स्टेलान्टिसले भारतमा जीप र सिट्रोन ब्रान्डका एसयूभी उत्पादन गर्दै आएको छ । जीपसँग कम्पास, मेरिडियन, ¥याङ्गलर र ग्रान्ड चेरोकी छ भने, सिट्रोनको पोर्टफोलियोमा सी३, ईसी३, बेसाल्ट, एयरक्रस र सी५ एयरक्रस जस्ता मोडल समाबेश छन् ।

सम्बन्धित समाचारहरू

बतास एमएडब्लु कमर्सियल भेइकल्सको फाइनान्सर्स भेला सम्पन्न

बतास एमएडब्लु कमर्सियल भेइकल्सको फाइनान्सर्स भेला सम्पन्न

काठमाडौं – नेपालका लागि आइसर कमर्सियल भेइकलको आधिकारिक विक्रेता बतास...

जीप मेरिडियनको फेसलिफ्ट भर्सन आउँदै, भारतमा परिक्षण सुरु

जीप मेरिडियनको फेसलिफ्ट भर्सन आउँदै, भारतमा परिक्षण सुरु

जीपले भारतमा मेरिडियनको फेसलिफ्ट लन्च गर्ने तयारी थालेको छ । यसै वर्षको...

चलचित्र ‘मितज्यू’ को फस्टलुक्स सार्वजनिक, गुडिरहेको जिप अगाडि दुई अभिनेताको शक्ति प्रदर्शन

चलचित्र ‘मितज्यू’ को फस्टलुक्स सार्वजनिक, गुडिरहेको जिप अगाडि दुई अभिनेताको शक्ति प्रदर्शन

काठमाडौं – आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...