जिपले भारतीय बजारमा ३ एसयूभी लन्च गर्ने

अमेरिकी कार निर्माता कम्पनी जिपले भारतीय बजारमा नयाँ मोडल ल्याउने तयारी गरेको छ । ब्रान्डले सेप्टेम्बर र अक्टोबरमा कम्पास र मेरिडियनको अपडेटेड संस्करणहरू लन्च गर्ने भएको छ । साथै जिपले २० लाख भन्दा कम मूल्यको नयाँ एसयूभी ल्याउने योजना बनाएको छ । 

२०२४ जिप कम्पास

जिप इन्डियाले अपडेटेड कम्पास चाँडै लन्च गर्ने तयारी गरिरहेको छ । फेसलिफ्टेड जिप कम्पासमा २.० लिटर ४ सिलिन्डर, टर्बोचार्ज्ड डिजेल इन्जिनले सुसज्जित हुनेछ, सो इन्जिनले १७० बीएचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्नेछ । सो एसयूभी म्यानुअल र अटोमेटिक गियरबक्सले सुसज्जित हुनेछ ।

जिप मेरिडियन फेसलिफ्ट

कम्पनीले अक्टोबर २०२४ मा भारतीय बजारमा मेरिडियन फेसलिफ्ट पनि प्रस्तुत गर्नेछ । जिपले फेसलिफ्टेड मेरिडियनको टिजर पनि जारी गरेको छ । यसमा फेसलिफ्ट कम्पासमा जस्तै इन्जिन हुनेछ, यद्यपि सो इन्जिन ९ स्पिड अटोमेटिक गियरबक्स र एडब्ल्युडी सिस्टममा आउनेछ ।नयाँ जिप मेरिडियन फेसलिफ्टमा अपडेट गरिएको ग्रिल, एलईडी हेडल्याम्प, डीआरएल, सिल्भर एक्सेन्टसहितको नयाँ फ्रन्ट बम्पर र बम्परमा रहेको रडार मोड्युल समावेश हुनेछ ।

नयाँ जिप एसयूभी

मिडिया रिपोर्टहका अनुसार जिपले भारतमा २० लाख भन्दा कम मूल्यको एसयूभी पनि ल्याउने तयारी गरिरहेको छ । आगामी जिप एसयूभी कमन मोड्युलर प्लेटफर्ममा निर्माण हुने अपेक्षा गरिएको छ । जिपको नयाँ एसयूभीले हुन्डाई क्रेटा, टाटा कर्भ र अन्य मिडसाइज एसयूभीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

टाटा प्लेटफर्मममा बन्ने नयाँ जीप एसयूभी ५० देशमा निर्यात हुने

टाटा प्लेटफर्मममा बन्ने नयाँ जीप एसयूभी ५० देशमा निर्यात हुने

स्टेलान्टिसले टाटा मोटर्ससँगको साझेदारीलाई विश्वव्यापी बजारका लागि नयाँ...

जिप मेरिडियनको विशेष संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

जिप मेरिडियनको विशेष संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

जिपले भारतमा मेरिडियनको नयाँ संस्करण ‘ट्रयाक’ लन्च गरेको छ । मेरिडियन...

जिप कम्पास पनि इलेक्ट्रिक भर्सनमा आउने

जिप कम्पास पनि इलेक्ट्रिक भर्सनमा आउने

जिपले आफ्नो सर्बाधिक सफल मोडल कम्पासलाई इलेक्ट्रिक भर्सनमा ल्याउने भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...