पोखरामा खुल्यो जिपको ‘प्रिमियम’ सोरुम

पोखरा – नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पोखरामा नयाँ विश्वस्तरीय सोरुमको शुभारम्भ गरेको छ । प्रिमियम अटो ग्रुपले संचालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपेरियन्स’ दिनेछ ।

गण्डकी प्रदेशको पहिलो जिप सोरुमको उद्घाटन गर्दै नेपाली कंग्रेसका नेता प्रदिप पौडेलले स्वतन्त्रतासँग जोडिएको विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड पोखरामा आउनु उल्लेखनीय कुरा भएको बताए ।

त्यसैगरी नाडाका अध्यक्ष ध्रुव थापाले जिप पोखराका सडकमा पनि देखिन थालेको र यसको भविष्य राम्रो भएको उल्लेख गर्दै प्रिमियम अटो ग्रुपलाई शुभकामना दिए ।

एमएडब्लु लाइफका सिइओ अनिश लामिछानेले चार वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप सोरुमको अपेक्षा गरिरहेको र ती ग्राहकको अपेक्षा पूरा गर्न पाउँदा निकै खुसी महसुस गरिरहेको बताए । ‘हामीलाई विश्वास छ कि यो डिलरसिपले जिप लाइफमा आवद्ध हुन चाहने ग्राहकलाई सहज बनाउनेछ,’ उनले भने ।

प्रिमियम अटो ग्रुपका संस्थापक सन्तोष बास्तोलाले ग्राहकलाई निकै विश्वास गरेको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपेरियन्स दिन पाउँदा आफू निकै उत्साहित भएको बताए ।

जिप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर विक्री तथा विक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको छ । जिपले यसै आर्थिक वर्षमा चार अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्ने बताएको छ जसले महत्वपूर्ण भौगोलिक क्षेत्र र ‘कस्टमर बेस’लाई कभर गर्नेछ ।

जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित चौबिसै घन्टा र ३६५ दिन सेवा दिइरहेको छ । यो वर्ष चुनौतीपूर्ण बजार अवस्थाका बाबजुद जिपले ‘इम्प्रेसिभ ग्रोथ’ गरिरहेको बताएको छ ।

गत असारमा नयाँ जिप कम्पास सार्वजनिक गरेपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिप ब्रान्डले उल्लेखनीय प्रदर्शन गर्दै आएको छ र यो गति पूरै वर्ष कायम हुने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

स्कोडाको भारतमा ५ लाख युनिट कार उत्पादन, बिक्रीमा आयो उछाल

स्कोडाको भारतमा ५ लाख युनिट कार उत्पादन, बिक्रीमा आयो उछाल

स्कोडा अटोले भारतमा ५ लाख युनिट कार उत्पादनको नयाँ माइलस्टोन हासिल गरेको छ...

जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’, जिपर्स मिटिङ २०२१ सम्पन्न

जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’, जिपर्स मिटिङ २०२१ सम्पन्न

काठमाडौं – नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई...

अमेरिकी ब्रान्डको नेपाली बजार : फ्लप बन्दै केही ब्रान्ड, आशा जगाउँदै जिप

अमेरिकी ब्रान्डको नेपाली बजार : फ्लप बन्दै केही ब्रान्ड, आशा जगाउँदै जिप

अमेरिका विश्वको सबैभन्दा शक्तिशाली मुलुक हो । सबैभन्दा ठूलो अर्थतन्त्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...