नयाँ सब–४ मिटर एसयूभी बजारमा ल्याउने योजना बनाउदै स्कोडा
स्कोडा अटो इन्डियाले भारतीय बजारको लागि नयाँ सब–४ मिटर एसयूभीका लागि...
काठमाडौं – नेपाली बजारमा जिपको प्रसिद्ध सेभेन सिटर एसयूभी मेरिडियन उपलब्ध हुने प्रक्रियामा रहेको छ । सरकारले हाल महंगा गाडीहरुका लागि एलसी खोल्ने प्रक्रियामा लगाएको रोक साउन पछि खुलाएमा सो एसयूभी नेपाल आउने सम्भावना देखिएको छ ।
नेपालका लागि जिपको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सरकारले प्रतिबन्ध फुकुवा गरेमा साउन पश्चात सो एसयूभी नेपाली बजारमा उपलब्ध गराउने तयारी भइरहेको बताएको छ ।
भारतमा गत बैशाख महिनामा सार्वजनिक गरिएको जिप मेरिडियन थ्रि रो भएको एसयूभी हो । नयाँ जिप मेरिडियन जिपकै कम्पासको ४ बाई ४ प्लेटफर्ममा आधारित छ । जिपका इन्जिनियरहरुले लामो ह्विलबेस र ठूलो एसयूभीलाई अटाउन प्लेटफर्ममा सुधार गरेका छन् । साथै, कम्पनीले यसको सुरक्षालाई बेजोड बनाउन उच्च कोटीको स्टिल प्रयोग गरेको छ ।
मेरिडियन जिप कम्पासकै प्लेटफर्ममा बनाइएको भए पनि यसको ‘स्टाइलिङ’ ठूलो जिपबाट प्रभावित छ । यसको ह्विलबेस र ‘रियर ओभरह्यांग’ लामो छ र ‘डोर’ पनि ठूलो छ ।
जिप मेरिडियन एसयूभीको फ्रन्टमा बाई–फंक्शन एलईडी हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डे–टाइम रनिङ लाइटको साथै आकर्षक बम्पर, एलईडी फग ल्याम्पसहितको आइकोनिक सेभेन–स्लेट ग्रिल समावेश गरिएको छ । रियरमा होरिजेन्टल एलईडी टेललाइट, रियर वाइपर र वाशर र इन्टिग्रेटेड रियर स्पोइलर छ । यो एसयूभीमा १८ इन्चको डायमण्ड–कट अलोय ह्वील उपलब्ध छ ।
जिप मेरिडियनमा २।० लिटर ४ सिलिन्डर टर्बोचार्ज्ड डिजेल इन्जिन जडान गरिएको छ । सो इन्जिनले अधिकतम १७० बीएचपी पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड रुपमा दिइएको छ । यसमा ९ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्ससहित फ्रन्ट ह्विल ड्राइभ र अल ह्विल ड्राइभ दुवै सिस्टममा उपलब्ध छ । एसयूभीमा पेट्रोल इन्जिनको विकल्प उपलब्ध छैन ।
जिप मेरिडियनको लम्बाई ४७६९ एमएम, चौडाइ १८५८ एमएम र उचाई १६९८ एमएम र ह्विलबेस २७९४ एमएम छ । जिप मेरिडियन ३ पंक्ति एसयूभी स्मल वाइड ४X४ प्लेटफर्ममा आधारित छ ।
मेरिडियनमा ३ वटा ड्राइभ मोड स्नो, स्यान्डरमड र अटो मोड रहेको छ । सो एसयूभीले १०.८ सेकेन्डमा ० देखि १०० किमी प्रतिघन्टाको गति लिन सक्छ र यसको टप स्पिड १९८ किमी प्रतिघन्टा छ ।
जिप मेरिडियनमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोसँग १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचर रहेको छ । यसको साथै इलेक्ट्रिकली एडजस्टेबल फ्रन्ट सिट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, वायरलेस फोन चार्जिङ, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, पानारोमिक सनरुफ, पावरेड टेलगेट र ९ स्पिकर अल्पाइन सोर्स अडियो सिस्टम जस्ता फिचर समावेश छ ।
जिप मेरिडियनमा ६० भन्दा बढी सेफ्टी र सेक्युरिटी फिचर उपलब्ध छ । नयाँ जिप मेरिडियनमा ६ एयरब्याग, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल स्टार्ट र डिसेन्ट कन्ट्रोल, ३६० डिग्री क्यामेरा र अन्य सेफ्टी फिचर छ ।
भारतमा जिप मेरिडियनको सुरुवाती मूल्य २९ लाख ९० हजार भारु छ । नेपाली बजारमा यसको मूल्य करिव २ करोड भन्दा कम पर्ने अनुमान गर्न सकिन्छ । जिप मेरिडियनको प्रतिस्पर्धा टोयोटा फर्चुनर, स्कोडा कोडियाक आदिसँग हुनेछ ।
स्कोडा अटो इन्डियाले भारतीय बजारको लागि नयाँ सब–४ मिटर एसयूभीका लागि...
जिपले आफ्नो प्रिमियम सेग्मेन्टको एसयूभी ग्रान्ड चेरोकीको भारतमा बुकिङ...
अमेरिकन आइकनिक ब्रान्ड जिप -यांगलरलाई डेढ महिना अघि अमेरिकी राजदुत -यान्डी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...