जीप मेरिडियनको फेसलिफ्ट भर्सन आउँदै, भारतमा परिक्षण सुरु

जीपले भारतमा मेरिडियनको फेसलिफ्ट लन्च गर्ने तयारी थालेको छ । यसै वर्षको अन्त्यतिर लन्च हुने अनुमान गरिएको सो कारको अहिले परिक्षण भइरहेको छ । नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको मेरिडियन फेसलिफ्ट भसर्ननमा आएपछि यहाँको बजारमा समेत उपलब्ध हुनेछ ।

सो फेसलिफ्ट भर्सनमा संशोधित हेडल्याम्पका साथै अगाडि र पछाडिको वम्परमा सानो निप र टक राखिएको छ । इन्टेरियर हालको मोडेल जस्तै हुने यसमा नयाँ सिट अपहोल्स्ट्री पाउन सकिने अनुमान गरिएको छ । कारमा लेबल–२ एडास, अगाडि र पछाडि ड्यास क्याम र एयर प्युरिफायर जस्ता फिचरहरु थप हुनेछ ।

हालकै २.०–लिटर डिजेल इन्जिन जडान भएर आउने यसको पावर १६८ बीएचपी र टर्क ३५० एनएम हुनेछ । यो एसयुभी ६ स्पीड म्यानुअल र ९ स्पीड अटोमेटिक ट्रान्समिसनको बिकल्पमा उपलब्ध हुनेछ । भविष्यमा यो पेट्रोल इन्जिनको विकल्प पनि पाउने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...

जिपको फेसलिफ्ट मोडल -याङलर लन्च, महिन्द्रा फाइभ डोर थारसँग प्रतिस्पर्धा गर्ने

जिपको फेसलिफ्ट मोडल -याङलर लन्च, महिन्द्रा फाइभ डोर थारसँग प्रतिस्पर्धा गर्ने

जिप इन्डियाले भारतमा आफ्नो लोकप्रिय अफ–रोडर एसयूभी जिप ¥याङलरको फेसलिफ्ट...

वर्षामा कार र बाइकको टायर किन चिप्लिन्छ ?

वर्षामा कार र बाइकको टायर किन चिप्लिन्छ ?

वर्षायाम चलिरहेको छ । यो मौसममा सवारी साधन चिप्लिएर दुर्घटना हुने खतरा बढि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...