जिपले आउँदो १८ महिनामा ४ नयाँ मोडल लन्च गर्ने

जिप इन्डियाले भारतमा पोर्टफोलियो बढाउनको लागि नयाँ योजना बनाइरहेको छ । एक रिपोर्टका अनुसार कम्पनीले आउँदो १ वर्षमा सब मिटर एसयूभीको लागि सिट्रोनको सीएमपी प्लेटफर्मको प्रयोग गर्नेछ । जसको कारण विकासात्मक लागत कम गर्न मदत हुनेछ । यसले जिप कम्पास एसयूभीको लागि १.२ लिटर टर्बाेचार्ज्ड इन्जिनको आपूर्ति गर्नेछ ।

कम्पनी हालको लागि स्थानीय सामग्री बढाउनको लागि केन्द्रित रहेको छ । साथै आउने १८ महिनामा ४ नयाँ मोडल लन्च गर्ने सम्भावना रहेको छ । कम्पनीका प्रबन्ध निर्देशक पार्थ दत्ताले ७ सिटर एसयूभी कम्पनीको पाइपलाइनमा रहेको बताएका छन् । जसको इन्टरनल कोडनेम एच६ तय गरेको छ । पार्थ दत्ताका अनुसार कम्पनी कम्प्याक्ट एसयूभीमा पनि काम गरिरहेको छ ।

कम्पनीले १ महिना अगाडि नयाँ फिचर, अपडेटेड फ्रन्ट फेसिया र संशोधित इन्टेरियरको साथमा प्रमुख एसयूभी जिप कम्पास फेसलिफ्ट लन्च गरेको थियो । जबकि हालै भारतमा रन्जनगाऊ प्लान्टमा जिप र्याङलर स्थानीय रुपमा एसेम्बल सुरु भइसकेको छ । कम्पनीले यसको लागि प्रि–बुकिङ सुरु गरिसकेको छ । यो भारतमा १५ मार्चमा लन्च गरिनेछ ।

यसको लागि कम्पनीले भारतमा २५० युएस डलरको लगानी गरेको छ । यस पछि सम्भवतः सब–फोर मिटर एसयूभी २०२२ मा लन्च गरिने छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...