नेपाली बजारमा पहिले नै उपलब्ध जिप ग्रान्ड चेरोकी अब नोभेम्बरमा भारतमा लन्च हुने

जिपले पाँचौं जेनेरेशन ग्राण्ड चेरोकीलाई नयाँ अवतारमा भारतमा लन्च गर्ने भएको छ । कम्पनीले ग्राण्ड चेरोकीको डिजाइन, इन्टेरियर र फिचर सहितको टिजर पनि सार्वजनिक गरेको छ ।

यो भारतमा उत्पादन हुने जिपको पहिलो मोडल हुनेछ । स्थानीय उत्पादनका कारण यसको मूल्य पनि पहिलेभन्दा कम हुने सम्भावना रहेको छ ।

कम्पनीले हाल मेरिडियन, कम्पास र -याग्लर बिक्री गरिरहेको छ । जिप ग्रान्ड चेरोकी नोभेम्बर २०२२ मा भारतमा लन्च हुनेछ । यो कम्पनीको भारतमा बन्ने चौथो मोडल हुनेछ ।

कम्पनीले जारी गरेको नयाँ टिजरमा नयाँ ग्रिल, हेडलाइट र यसको पछाडि एलईडी टेललाइट देख्न सकिन्छ । साथै अगाडिको हेडलाइट तल र माथि फग लाइट राखिएको छ ।

यसको बोनेटमा केही लाइनहरू, दुबै ओआरभीएममा टर्न इन्डिकेटर र यसमा रूफ रेल्स पनि दिइएको छ । सो एसयूभीमो इन्टेरियरमा ठूलो इन्फोटेनमेन्ट सिस्टममा फुल कनेक्टिभिटी प्याकेजसहित जडान गरिएको छ ।

यसमा एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम पनि दिइनेछ । कारको ढोकामा खैरो, नीलो र कालो रङ प्रयोग गरिएको छ ।

अमेरिकन आइकनिक ब्रान्ड जिपको यो अफ रोडर एसयुभी नेपाली बजारमा भने करिव डेढ वर्ष पहिले देखि नै कारोबार भैरहेको छ । अमेरिकाबाट आयत गरि ल्याइएको यो प्रिमियम एसयुभीलाई नेपालका उद्योगपति, व्यवसायी र उच्च घरनाका व्यक्तिहरुले रुचाइरहेका छन् । ग्रान्ड चेरोकीले अटोमोबाइलको इतिहासमा सर्बाधिक अवार्ड जित्न सफल एसयुभीका रुपमा समेत पहिचान बनाएको छ ।

नेपाली बजारमा उपलब्ध ग्रान्ड चेरोकीमा ३.० लिटर पेट्रोल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २४७ बिएचपी र टर्क ६७० एनएम रहेको छ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक भएको १ महिना नपुग्दै १५ युनिट बिक्री भयो जिप -यांगलर, मूल्य २ करोड ७९ लाखसम्म

सार्वजनिक भएको १ महिना नपुग्दै १५ युनिट बिक्री भयो जिप -यांगलर, मूल्य २ करोड ७९ लाखसम्म

अमेरिकन आइकनिक ब्रान्ड जिप -यांगलर नेपाली बजारमा सार्वजनिक भएको १ महिना...

यी हुन् सन् २०२३ देखि बजारमा उपलब्ध नभएका कार

यी हुन् सन् २०२३ देखि बजारमा उपलब्ध नभएका कार

अप्रिल २०२३ देखि भारतमा सवारीसाधनका लागि नयाँ उत्सर्जन मापदण्ड लागू भएको...

स्कोडाले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार प्रस्तुत गर्ने

स्कोडाले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार प्रस्तुत गर्ने

स्कोडा अटोले आज नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...